बिओपी संख्या थपे पनि तस्करी नियन्त्रण असफल

सेयर गर्नुहोस

कपिलवस्तु, असाेज १ । बिओपी संख्या बढेपनि जिल्लाका पश्चिमी सिमा हुँदै अवैध मालसामानकाे तस्करी नियन्त्रण हुन सकेकाे छैन ।
जिल्लाकाे पश्चिममा कृष्णनगर , भिल्मी , डालपुर , जवाबैराठ, हर्दाैना लगायतका बिओपी छन तर खुला ससमा हुँदै भारतबाट भित्रिने अवैध मालसमान राेक्न सकिएकाे छैन । कपडा , माेटरपार्टस , खाद्यान्न , सेताे अण्डा, माछा, जुत्ता चप्पल ,ओैषधि लगायतका सामान भित्रिदै आएकाे छ। कहिलेकाहीँ सशस्त्र प्रहरीले तस्करीकाे मालसमान समातेपनि तस्कर र वास्तविक व्यवसायीलाई समातेकाे छैन ।

जिल्लाको मुजहना,हर्दाैना, कोटीया, बढनी, सतभरा, कर्मा, ,लाेहटी,बगही, भिल्मी, डुमाई, सिर्सिहवां, भगवानपुर, गेडुवाजाेत, कठुवा लगायतका खुला सिमाबाट निर्वाधरुप मै तस्करी हुँदै गरेकाे स्राेतले जनाएकाे छ ।
नेपाल-भारत खुला सिमानाकाे फाइदा उठाउदै कृष्णनगर, बहादुरगंज, महराजगंज, चन्द्राैटा लगायतका नजिकका ठुला व्यापारीकाे संरक्षणमा दर्जनाै क्यारियरहरु ओसारपसार गर्ने गरेका छन भने प्रहरी चाैकि र बिओपीहरु तस्करी नियन्त्रण गर्न असमर्थ देखिएका छन ।

Facebook Comments Box