तेस्रो पुष्पसदन बास्केटबल आजदेखि उद्घाटन खेलमा पुष्पसदन र ग्रिनफिल्ड भिड्दै

ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार शुरु हुँदैछ।
पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा शुक्रबारदेखि आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइने स्कुलका अतिरिक्त क्रियाकलाप इन्चार्ज राजु लामाले जानकारी दिए ।
खेल पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । उद्घाटन खेलमा जुनियर ब्वाईजतर्फ आयोजक पुष्पसदनले ग्रिनफिल्ड स्कूलसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ८ बजे शुरु हुनेछ।
शुक्रबार नै साढे ९ बजे सिनियर ब्वाईजतर्फ लिटिल एञ्जल्स र निसर्ग स्कुलबीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार हुने तेस्रो तथा अन्तिम खेलमा ११ बजे जुनियर ब्वाइजमा निसर्ग र जनसेवा माविबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ एक गरी २५ विद्यालय सहभागी भएका छन्।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ। प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।