डँडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सेयर गर्नुहोस

काठमाडौं : भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

वीरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

Facebook Comments Box