जनजाति नेता नेम्वाङलाई साइड गरि भण्डारीलाई पुन: राष्ट्रपति फर्काउन ओली र माधव एकठाउं उभिए , झलनाथ आफैं दाेैडे

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि हुने र साे दिन सार्वजनिक विदा दिने मन्त्री परिषदले निर्णय गरेको छ ।
नेम्वाङ २०७४ मै राष्ट्रपति बन्न चाहन्थे । तर विद्यादेवी भण्डारीले दोहोरिने चाहना राख्दा नेम्वाङ पछाडि हटे । त्यसबेला भण्डारीलाई राष्ट्रपति दोहोर्याउन ओली र माधवकुमार नेपाल एकठाउँ उभिएका थिए । झलनाथ खनाल भने आफैं राष्ट्रपति बन्ने दौडमा थिए ।
त्यसबेला पनि राष्ट्रपतिमा नेम्वाङ उपयुक्त हुन् भन्ने पक्षमा घनश्याम भूसालसहित केही नेताहरु मात्रै थिए । नेम्वाङ भने राष्ट्रपति बन्ने चाहनाबारे भन्ने गर्थे, ‘मेरै नेतृत्वमा संविधान बन्यो । यसलाई जोगाउन राष्ट्रपति पद मेरो लागि उपयुक्त हुन्छ ।’
कतिसम्म भने संविधान जोगाउन उस्तै परे वकालत पेशामा फर्कने समेत बेलाबेला बताउँथे । उनको तर्क थियो, ‘२०७२ को संविधान जोगिदा मुलुक र जनताको भलाइ हुन्छ, जनताको पक्षमा थप उपलब्धि हासिल गर्न पनि संविधानको रक्षा हुनुपर्छ ।’ तर आगामी ३ असोजमा आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउने एमालेको कार्यक्रम समेत प्रभावित बनाउने गरी नेम्वाङको निधन भयो ।
‘सुवास नेम्वाङको समन्वयकारी पहलकदमीमा जारी भएको संविधान र संविधानले सुनिश्चित गरेको हकअधिकार स्थापित गराउने दायित्व अब हामीसँग रह्यो’, एमाले उपमहासचिव गुरुङ भन्छन् ।
२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमै कानूनमन्त्री बनेका नेम्वाङको पार्टीभित्र राजनीतिक भूमिका सामान्य नै रह्यो । २०४९ मै केन्द्रीय सदस्यको प्रस्ताव आएपनि २०५४ मा केन्द्रीय सदस्य बनेका नेम्वाङ २०७८ मंसिरको दशौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए । पार्टीको महत्वपूर्ण पद नलिई राष्ट्रिय राजनीतिको सर्वाधिक खोजीमा पर्ने नेता बने ।
दशौं राष्ट्रिय महाधिवेशनबाट भने नेम्वाङ वरिष्ठ उपाध्यक्ष बन्न चाहेका थिए । नेम्वाङको चाहना बुझेपछि घनश्याम भूसालले आफ्नो निर्णय बदलेर उपाध्यक्षमा उम्मेदवारी दिए । नत्र अध्यक्षमा भीम रावल र त्यसपछिको पद वरिष्ठ उपाध्यक्षमा भूसालको उम्मेदवारी पर्ने पक्का जस्तै थियो । भलै, नेम्वाङलाई मनाएर ओलीले वरिष्ठ उपाध्यक्ष पद ईश्वर पोखरेललाई दिए ।
यी घटनाक्रमले नेम्वाङ पार्टीभित्रको इतर समूह र अन्तर दलभित्र समेत स्वीकार्य पात्र रहेको बुझाउँछ । ‘पछिल्लो समय उहाँ वाम एकताको विकल्प छैन भनेर लाग्नुभएको थियो’, माओवादी केन्द्रका उपमहासचिव पुन भन्छन् ।अनलाइन खबरमा समाचार छ ।