नेम्वाङको निधनमा प्रधानमन्त्रीले गरे दु:ख व्यक्त

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट मर्माहत भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।

‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उनले लेखेका छन्।

संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

— ☭ Comrade Prachanda (@cmprachanda) September 12, 2023

Facebook Comments Box