५ जेष्ठ २०८१, शनिबार

चिनियाँ राजदूतलाई फिर्ता पठाउन सरकारसमक्ष जनमत पार्टीको माग

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले यस्तो माग गरेका हुन् ।

उनले भने–‘नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । यो कुरा संविधानमा पनि लेखिएको छ । यदि हो भने कुनैपनि विदेशी मुलुकको एउटा राजदूतले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने होईन । नेपालले को सँग कस्तो सम्बन्ध राख्ने भनेर नेपाल आँफैले निर्धारण गर्ने कुरा हो । तर, एउटा देशको राजदूतले जुन तरिकाले खुलेआम सार्वजनिक रुपमा सनातनदेखि (हजारौं वर्षदेखि) कायम नेपाल–भारत सम्बन्धको विषयमा विषवमन गर्ने, वैमनश्यता पैदा गर्न लगाउने काम गर्न खोजेको छ । त्यो घोर निन्दनीय छ । यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्तै परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ । र, तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भनेर म जोडदार माग गर्दछु ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट