५ जेष्ठ २०८१, शनिबार

काठमाडौं महानगर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।

उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। डेंगु संक्रमण भएर उनी गत शुक्रबारदेखि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट