८ आश्विन २०८०, सोमबार

दुग्ध विकास बोर्ड खारेज नहुने

काठमाडौं : सरकार ​दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत बोर्डसहितका निकाय आवश्यकता आधारमा खारेजी तथा एक आपसमा गाभ्ने घोषणा गरेको थियो।​ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास बोर्ड ब्युँताउने निर्णय गरेको हो।

किसानबाट माग भएअनुसार बोर्ड ब्युँताउने निर्णय भएको कृषि तथा पशुपन्छी मन्त्री वेदुराम भुसालले जानकारी दिए। यस्तै सरकारले चालु खर्च घटाउन भन्दै शून्य बजेट राखिएका ४७ कार्यालयको बजेट फुकुवा गरेको छ, जसमा पशु स्वास्थ्यसँग सम्बन्धित २० र अन्य २७ वटा छन्।

सरकारले बैकिङ कसुर तथा सजाय दोस्रो विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने, ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई दिने र राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट