११ आश्विन २०८०, बिहीबार

जनताका हक अधिकार सुन्चित गर्न सविधान संशोधन गर्न अवाश्यक नेता राईको जोड ।। छठ पर्व पछी काड अन्दोलन गर्ने संसद शाहको भनाई

 

saniulla
saniulla

सनिउल्ला धोबी कपिलवस्तु असोज १९
संघिय समाजवादी फोरम नेपालका बरिष्ट नेता अशोक राईले सविधानले जनताका हक अधिकार सुनिश्चित गर्न नसकेका करण अन्दोलन भएको बताउनु भएको छ । उहाले हिमाल पहाड तराइका जनताका हक अधिकार सुन्चित गर्न सविधान संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।

संघिय समाजवादी फोरम नेपाल कपिलवस्तुले चन्द्रौटामा अयोजनता गरेको शुभकामना अदान प्रदान तथा पाटी प्रवेश कार्यक्रममा नेता राइले यस्तो बताउनु भएको हो ।

उहाले केहि राजनितीक दलका नेताहरुले संविधान संशोधनमा असहमती जनाएर आदीवासी जनजाती,मधेशीहरुलाई हक अधिकारबाट बन्चित गर्न खोजेको अरोप लगाउनु भयो ।
कार्यक्रममा यस क्षेत्रका संसद तथा संघिय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेक प्रताप शाहले सविधान संशोधन गर्नका लागि अब  शसक्त रुपमा कडा अन्दोलन गर्ने बताउनु भयो । छठ पर्व पछी आफुहरुले काड अन्दोलन गर्नका लागि तैयारी गरिरहेको उहाले बताउनु भयो ।

कपिलवस्तुको चन्द्रौटामा अयोजीत शुभकामना अदान प्रदान तथा पाटी प्रवेश कार्यक्रमको प्रमुख अतिथि संघिय समाजवादी फोरम नेपालका संसदिय दलका नेता अशोक राई, विशिष्ट अतिथीमा संसद अभिषेक प्रताव शाह, संघिय समाजवादी फोरम नेपाल जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ता, युवा नेता अकरम पठान,केन्द्रिय सदस्य सहजराम यादव, लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

सो कार्यक्रममा स्थानिय समाजसेवी तथा पुर्व गाविस सचिव कृष्ण कुमार चौधरीको नेतृत्वमा करिब ५ सय कार्यकर्ता संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए ।

धेरै कमेन्ट गरिएका