१३ बैशाख २०८१, बिहीबार

जनताको नेतृत्व गर्ने मन्त्रीका चम्चा अगाडि झुक्दैन : नगर प्रमुख शाह ।

निरहु यादव
फाल्गुन ९ कपिलवस्तु ।
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा संघ कृष्णनगरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै कृष्णनगर प्रमुख रजत प्रताप शाहले आफु जनताको सेवक हु जनताको अगाडि झुक्छु तर आफुलाई दबाउने कार्यमा लागेका सत्ताधारीको अगाडि नझुक्ने बताएका छन । केहि दिनदेखि हामी लाई नगरपालिको बिकास निर्माण कार्य लगायतका काममा विभिन्न बहानामा ब्यक्तिगत द्वेषका कारण केही बिपक्षी दलका नेता र नेपाल सरकारका मंत्रीका चम्चाहरुको कारणले अवरोध भइरहेको छ । मंत्रालयबाट खाटिएका छानबिन समिती नगरपालिकामा आएर बिस्तृत तरिका ले छनबिन गरेर यहाँबाट गइसकेको र हामी ले उक्त समितीलाई छनबिन गर्नामा सहयोग गरेका छौ । आफ्नै कर्मचारीको प्रतिबेदन नमान्ने मन्त्रालयले हाम्रो के मान्ने हो , तै पनि त्यो छनबिन को रिपोर्ट छिटै आउने वाला छ म त्यो रिपोर्ट लाई जनता माझ ल्याएर पनि देखाउछु भन्नुभयो ।
बोल्ने क्रममा यहाँ केहि गिरोहले पटक पटक हामी माथि प्रहार गरि हामीलाई आफ्नो अगाडी झुकाउन खोजेको तर यहाँका जनताले समय अनुसार तिनीहरुलाई जवाफ दिने छन भन्नुभयो ।
उक्त कार्यक्रममा अवधी तथा उर्दु भाषा संरक्षणमा भुमिका निर्वाह गर्ने तथा मौलानाहरुलाई सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रम जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर को सभा हालमा भएको थियो भने कार्यक्रम का प्रमुख अतिथी कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह र बिशिष्ठ अतिथीमा सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाही, समाजवादी पार्टी प्रदेश न ५ को प्रवक्ता अकरम पठान उपनगरप्रमुख का सल्लाहकार तुफेल अहमद अतिथीमा ३नं वडाध्यक्ष सगीर अहमद खा, २नं वडाध्यक्ष संजय कुमार गुप्ता लगायत बिभिन्न संघ संस्था का प्रमुख भद्रभलादमी मौलान पत्रकार र शिक्षा प्रेमी हरुको उपस्थिती थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट