१२ बैशाख २०८१, बुधबार

गौतमबुद्ध साझेदारी बनको अध्यक्षमा यादवले उम्मेदवारी दिने 

कृष्ण पौडेल, विजयनगर ।

कपिलवस्तुको गौतमबुद्ध साझेदारी बनको उपभोक्ता समुहको अध्यक्ष पदमा रामकुमार यादवले उम्मेद्वारी दिनुहुने भएको छ । वनको सफल नेतृत्व गरी जिल्लामै नमुना सामुदायिक वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने बताउँदै अध्यक्ष पदमा यादवले उम्मेद्वारी घोषणा गर्नुभएको हो । हालसम्म साझेदारी बनको संयोजकसमेत रहेका यादवले बनको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

 

यादवले आफु अध्यक्ष भएसंगै सामुदायिक वनलाई वन संरक्षण, उपयोग र व्यबस्थापनका लागि आफु सदैव लागिपर्ने बताउनुभयो । उहाँले कृषिसंगै वन व्यबस्थापनसंगै रोजगारलाई समेत प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

वनहरूले देशको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको बताउँदै बनलाई व्यवस्थित बनाउँदै यस साझेदारी बनको संरक्षणमा अहोरात्र खटेर उहाँले बताउनुभयो  । उहाँले बन फँडानी बढ्दै जाँदा प्राकृतिक सम्पदा र जलवायु परिवर्तनसँग सामना गर्ने क्षमतामा निर्भर पारिस्थितिक प्रणालीलाई खतराबाट जोगाउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

 

बन–जङ्गल मानव जीवनसँग जोडिएकोले यसको संरक्षण गर्न सबै नागरिक दायित्व भएको बताउँदै गौतमबुद्ध साझेदारी बन व्यवस्थापन समितिको सदस्यमा चुनिएका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष पदमा अत्याधिक मतले विजयी बनाउन यादवले अनुरोध गर्नुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट