१२ बैशाख २०८१, बुधबार

मुम्बईलाई पराजित गर्दै लखनउको प्लेअफको सम्भावना बलियो

एजेन्सी: इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सलाई ५ रनले हराउँदै लखनउ सुपर जायन्ट्सले प्ले अफको सम्भावनाई बलियो बनाएको छ।

घरेलु मैदान ऐकना स्टेडियममा लखनउले दिएको १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनायो।

मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशनले ५९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न सकेनन्। मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। कप्तान शर्मा ३७ रनमा आउट भए।

लखनउका लागि रवि विश्रोई र यश ठाकुरले समान २/२ तथा मोहसिन खानले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो। लखनउका लागि मार्कस स्टोईनिसले अविजित ८९ रनको अर्धशतकीय ईनिङ्स खेले। ३५ रनमा ३ विकेट गुमाएर राम्रो सुरुआत गर्न नसकेको लखनउका लागि चौथो विकेटका लागि स्टोईनिस तथा कप्तान कुर्नाल पान्ड्याले ८२ रनको महत्वपुर्ण साझेदारी गरे। कप्तान पान्ड्याले ४९ रनमा रिटायर्ट हर्ट आउट भए। ओपनर क्विटन डि ककले १५ बलमा १६ रन बनाए ।

मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पीयुष चावलाले १ विकेट लिए।

जितसँगै तेह्र खेलमा सात जित र पाँच हारका १५ अंकसहित लखनउ तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई तेह्र खेलमा सात जित र छ हारका साथ मुम्बई अंक तालिकाको चौथो स्थानमा झरेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट