७ बैशाख २०८१, शुक्रबार

इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी: एसी मिलाईलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

लाउटारो मार्टिनेजको गोलले सान सिरोमा कडा प्रतिद्वन्द्वी एसी मिलानमाथि १-० जित हात पार्दै इन्टर मिलान १३ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।

पहिलो लेगमा २-० ले अग्रता लिएको तीन पटकको विजेता इन्टरले् लागि आज हुने म्यानचेस्टर सिटी र रियल म्याड्रिडको विजेतासँग जुन १० मा इस्तानबुलमा उपाधिका लागि खेल्नेछ।

घरेलु टोलीको रूपमा दर्शकको साथ पाएको, इन्टरलाई गोल गर्न ७४ मिनेट कुर्नु पर्‍यो। खेलको ७४ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इटरको जितलाई सुनिश्चित गरे।

सन् २०१० पछि इन्टर मिलान पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट