१ श्रावण २०८१, मंगलवार

शिवराज नगर कार्यपालिकाकाे बैठक बहिष्कार


पुस २४, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकाका वडा अध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन । शिवराज नगरपालिकाको चार वडाका चार जान वडाअध्यक्षहरुले बैठक बहिष्कार गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन । शिवराज नगरपालिका वडा नं ६ का अध्यक्ष सन्त्री प्रसाद चौधरी, वडा नं ७ का अध्यक्ष अनुप कुमार चौधरी, वडा नं ८ का अध्यक्ष शंकर प्रसाद अहिर र वडा नं १० को अध्यक्ष मन्जु देवी मिश्राले बैठक बहिष्कार गरेका हुन ।वडा अध्यक्षहरुले आज बसेको बैठकमा बैठकको एजेण्डा के हो जानकारी लिदा प्रशासकीय भवन बनाउने सम्बन्धमा जग्गा प्राप्तीको लागि प्रक्रियामा जानका लागि बोलाइएको भने पछी बैठक बहिष्कार गरेको बताएका छन ।शिवराज नगरपालिका अन्र्तगत साविक विरपुर ९ क कित्ता नं ५८ र ५९ को जग्गामा बनाउने भनेर प्रमुख प्रशासकीय अधिकृत मार्फत जानकारी भएपछी हामी वडा अध्यक्षहरु शिवराज नगरपालिका गठन हुदा बखत मिति २०७१।०१।२५ गतेको मन्त्री परिषदको निर्णय अनुसार शिवराज नगरपालिकाको प्रशासकीय भवनको केन्द्र साविक विरपुर गाविस वडा नं ९ चन्द्रौटामा रहने निणर्य भएको थियो ।त्यसपछी देशैभर गाँउपालिका तथा नगरपालिका गठन हुदाँ पुनं मिति २०७३।११।२७ गते मा बन्त्री परिषदको समेत निर्णय हुदा शिवराज नगरपालिको केन्द्र प्रशासकीय भवन चन्द्रौटामा रहने भन्ने निर्णय भएको छ ।हामीले कुनै पनि मनपरी केन्द्र सार्न मिल्दैन र प्रस्तावित ठाँउमा बनाउन मिल्दैन भनी यस शिपराज नगरपालिका स्थानिय कृष्ण कुमार चौधरी लगायतले मुद्धा दर्ताको फैसाला भएपछी कानुनी प्रक्रिया पुरा गरी मात्र भवन निर्माणको निर्णय गरौ । हालै गर्न लाग्नु भएको निर्णयमा हामीहरु सहमती नभएको भन्दै विरोध जनाएर बहिरीएको वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो । प्रेस विज्ञप्तीमा लेखीएको छ पहिले पनि हामीले विरोध गर्दा गर्दै पनि जबरजस्ती निर्णय भएको छ ।निर्णय पुस्तीकामा असहमती (नोट अफ डिसेन्ट) जनाउदा नगर प्रमुखको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृतले लेख्ना नदिएको जनाइएको छ । निर्णय पुस्तीकामा असहमती लेख्न नदिएपछी वडाअध्यक्षहरु बैठक बहिष्कार गर्दै विज्ञप्ती निकालेका हुन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट