९ असार २०८१, शनिबार

मलाई फसाउन केही नेकपाका नेताहरुले षड्यन्त्रकारी भुमिका खेल्दै:सांसद शाह


कृष्णनगर, पुस १९ । श्याम मिश्रमाथि भएकाे कुटपिट घटनाकाे अाराेपी बनाईएका कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रहरीकाे पक्राउ पुर्जी जारी भएपछि अर्काे प्रेस विज्ञप्ति अाएकाे छ ।
भन्सार एजेन्ट तथा अभिनेता श्याम कुमार मिश्राले कपिलवस्तु क्षेत्र ३ का कांग्रेस पार्टीका प्रतिनिधि सभा सांसद अभिषेक प्रताप शाहमाथि दिएकाे ज्यानमार मुद्दा प्रहरी कार्यालय कृष्णनगरमा दर्ता गरेलगत्तै पक्राउ पुर्जी जारी गरिएकाे छ। केही दिनदेखि सांसद अभिषेक प्रताप शाह विरुद्धकाे जाहेरी दर्ता गर्न श्याम मिश्र लगायतकाले प्रहरीलाई दबावदिन प्रत्येकदिन दुई घण्टा कृष्णनगर-चन्द्राैटा सडकखण्ड चक्काजाम गर्दैअाएका थिए । मुद्दा दर्ता भएलगत्तै सांसद शाहले अाफुलाई फसाउनका लागि केही नेकपाका नेताहरुले षड्यन्त्रकारी भुमिका खेलेर राजनितिक प्रतिशाेधमा म विरुद्ध मुद्दा दर्ता गराएका हुन तर म अदालतमा प्रमाण सहित उपस्थित हुनेछु भनी विज्ञप्तिमा उल्लेख गरेका छन । उनले श्याम मिश्रमाथिकाे कुटपिटमा मेराे संगलग्नता नरहेकाे साथै मिश्रले पनि कुटेकाे मेराे ड्राइभर शशी कश्यपकाे मुद्दा प्रहरीले दर्ता नगरेकाे र कश्यप तीन दिन उपचारपछि घरफर्केकाे पनि विज्ञप्तिमार्फत जानकारी गराएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट