११ फाल्गुन २०८०, शुक्रबार

कृष्णनगरमा अवस्थित श्री नेत्र ज्योति मा. विद्यालयमा राजेन्द्र यादव को प्यानल विजयी


कृष्णनगर, कपिलवस्तु पौष १६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालीका १० सौनहवामा अवस्थित नेत्र ज्योती उच्च माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितीको चुनाव समपन्न भएको छ । आज बिहान आठ बजे देखि शुरु भएको चुनावी मतदान प्रक्रिया आज दिउँसो तिन बजेसम्म चल्ने बताइएको छ ।
विद्यालय व्यवस्थापन समितीको चुनावमा दुई जनाको प्यानल प्रतिस्पर्धामा रहेका छन् । राजेन्द्र प्रसाद यादव र उहाँका प्रतिद्धवन्दीमा भगवती प्रसाद यादवको प्यानल चुनावी मैदानमा प्रतिस्पर्धामा रहेकाे छ ।
राजेन्द्र प्रसाद यादवको प्यानलमा राम निवास चौधरी , लालमती जैसवाल र शुभावती मली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने उहाको प्रतिद्धवन्धी भगवती प्रसाद यादवको प्यानलमा सोमनाथ चौवे , रिता पासी र ज्ञानमती केवट चुनावमा उत्रिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितीको चुनावमा ४ जना निरवाचित सदस्य चुन्ने प्रवधान अन्तर्गत कुल ६६५ मत रहेकोमा जम्मा ५२५ मत खसेको थियो जस्मा राजेन्द्र प्रसाद यादव ३३३ मत र रामनिवास चौधरी २९२ मत र महिला सदस्य मा लालमती जयसवाल ३२३ मत र सुभावती माली २८४ मत ल्यायर विजयी भएको कुरा
विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीले बताउनुभएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट