१३ बैशाख २०८१, बिहीबार

हुलाकी सडक पिडितहरु मुअावजाका लागि अान्दाेलित


कपिलवस्तु , पुस १५। अाफ्नाे जग्गा अधिग्रहण भईरहेकाेले मुअावजा पाउनुपर्ने माग गर्दै तीन स्थानिय तहका हुलाकी सडक पिडितहरु अान्दाेलित भएका छन ।
ताैलिहवादेखि महराजगंज बहादुरगंज,झिंगहा ,भगवानपुर हुदै गुगाैलीसम्म बन्न लागेकाे हुलाकी सडकले अधिग्रहण गर्न लागेकाे व्यक्तिगत जग्गाकाे मुअावजा माग गर्दे जिल्लाकाे तीन स्थानिय तह कृष्णनगर नगरपालिका,विजयनगर गाउंपालिका र शिवराज नगरपालिकाका पिडितहरु संगठित भई अान्दोलन शुरु गरेका छन । शनिबार पिडितहरुले भेला भई रामप्रकाश चाैधरीकाे नेतृत्वमा हुलाकी सडक पिडित संघर्ष समिति गठन गरेका छन । व्यक्तिगत नाममा रहेका जग्गाहरु सरकारले हुलाकी सडक फराकिलाे बनाउन क्रममा अधिग्रहण गर्दै अाएकाले कईयाैं सर्वसाधारण घरविहिन हुनुका साथै सयौं गाउंका नम्बरी जग्गा बाटाेमा जाने संघर्ष समितिका अध्यक्ष रामप्रकाश चाैधरीले बताउनुभयो । नेपाल काे संविधान २०७२ काे जग्गा प्राप्ति सम्बन्धि प्रचालित ऐनमा पनि कुनै सार्वजनिक कामकाे निमित्त कसैकाे व्यक्तिगत जग्गा अधिग्रहण गर्नुपरेमा साे बापत मुअावजा जग्गाधनिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेकाे छ तर हुलाकी सडक निर्माण भईरहेकाे प्रारम्भिक खण्डमा जग्गा अधिग्रहण गर्दा मुअावजा नपाईएकाेले पिडित सबैले अान्दाेलन गर्ने विकल्प राेजेकाे अध्यक्ष चाैधरीले जानकारी गराएका छन । ताैलिहवादेखि गुगाैलिसम्म कुल पांच स्थानियतह पर्ने भएकाले हजाराैंकाे संख्यामा जग्गा अधिग्रहण गर्ने देखिन्छ ,धेरैजसाे घर-जग्गाविहिन हुने भएका छन ती सबैलाई व्यवस्थापन गर्न सरकारले उचित मुअावजा उपलब्ध गराउनुकाे विकल्प नरहेकाे समितका उपाध्यक्ष नागेन्द्र प्रसाद उपाध्यायकाे भनाई छ । विजयनगर गाउंपालिका वडा ५ मा हुलाकी सडकमा बाह्र कट्ठा जग्गा अधिग्रहण भईरहेका जानकारी गराउदै उपाध्यक्ष उपाध्यायले सरकारसंग मुअावजाकाे माग गरेका छन त्यसतै भेलामा उपस्थित कृष्णनगर नगरपालिकाका बहादुरगंज, विजयनगर, बकाैली , बसवरिया , झिंगहा लगायतका गाउँ तथा शिवराज नगरपालिकाका शिवगढीतिर पनि हुलाकी सडक अधिग्रहण पिडित हरु मुअावजाकाे माग राख्दै अान्दाेलनमा उत्रिएका छन । कुल ५१ सदस्यीय संघर्ष समिति बनाएका पिडितहरुले हाम्राे अान्दोलन लाई सरकारले संवेदनशील भई सुनेन भने सशक्त अान्दाेलनतिर जान बाध्यहुने बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट