१३ बैशाख २०८१, बिहीबार

शिवराजमा नगर स्तरीय बेमौसमी तरकारी खेती संबंधित २ दिने तालीम सम्पन्न


कमलेश चन्द्र गुप्ता
चन्द्रौटा ।
कपिलवस्तु को शिवराज नगरपालिकामा नगर स्तरीय २ दिने बेमौसमी तरकारी खेती संबंधित तालीम सम्पन्न भएकाे छ।

शिवराज नगरपालिकाको कृषि बिकास शाखा को अ.ब २०७६/०७७ को स्वकृत कर्यक्रम अनुसार तरकारी प्रबर्धन अन्तरगत २ दिने नगर स्तरीय बेमौसमी तरकारी खेती संबंधित तालीम सम्पन्न भएको हो। शिवराज नगरपालिका को उप-मेयर शिव कुमार थारुको अध्यक्षतामा र शिवराज नगरपालिका को कृषि बिकास को आयोजनामा शिवराज नगरपालिका वार्ड नं ५ को कार्यलय चन्द्रौटा को सभाहालमा सुरु भएको थियाे। तालीमलाई शिवराज नगरपालिकाको उपप्रमुख शिवकुमारी थारूले बैनर पढेर उद्धघाटन गर्नु भएको थियो।

कृषि बिकास शाखा को प्रमुख तारा चन्द चौधरीले तालीम बारे बोल्दै मौसमी तरकारीहरु बारे त धेरै किसान लाई जानकारी छ तर बेमौसमी तरकारी बारे छैन त्यसैले यो तालीममा बेमौसममा तरकारी कसरी उत्पादन गर्ने भने बारेमा यो तालिम हामी राखिएको हो। खास गरी मौसम र बेमौसम तरकारी उत्पादनमा के फरक रहेको छ भने बिषयमा हामी जानकारी गराइने छौ र मौसमी तरकारी उत्पादन भन्दा बेमौसमी तरकारी उत्पादनका प्रबिधिकहरु केहि फरक रहेको छ त्यो बारेमा जानकारी दिने छौ। हामी १२ महीने तरकरी उत्पादन कसरी गर्ने, बेमौसममा तरकरी उत्पादन गर्नका प्रक्रियाहरु के के हुन भने बारेमा जानकारीहरु दिने उद्धेश्यले यो तालीममा रखियो हो भने वाहले बताउनु भयो।

तालिमको उद्धघाटन समारोहलाई संबोधन गर्दै कृषि बन तथा बातावरण सहयोजक जगत बहादुर घाटी क्षत्रीले आफ्नो भनाई कृषि क्षेत्रमा जोड़ दिनु भएको थियो। वहांले सम्बोधनको क्रम मित्र राष्ट्र भारतले जय जवान जय किसान को नारा दिएको छ तर हामीले यो नारा दिए सकेको छैनो। आझै हामी हामी बह्ले महीना रेखांकन गर्नमा उलझी रहेको अवस्तामा रहेको छ तर आउने दिनमा हामी कृषि ,शिक्षा ,स्वास्थ्यमा जोड़ दिनु पर्दछ भने वहांले बताउनु भयो।

कर्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज आधकारीले सहभागीहरुलाई सीखे को कुरा ब्यवहारमा उतारने अनुरोध गरेका छन। वहाले सहभागीहरुलाई बेमौसमी तरकरी उत्पादनमा तरफ लगाउनु भनेको छन। बेमौसमी तरकरी उत्पादनबाट बढ़ी आमदनी लिनको साथै १२ महीने तरकरी उपलब्ध हुन्छ जसले गर्दा बिदेशबाट निर्यात गर्नु पर्ने समस्या सजिलै समाधान हुन सक्छ। कृषक को समस्या बुझेर यो शिवराज नगरपालिकाले २ ठाउँमा कोल्ड स्टोर निर्माण गर्न गईरहेको छ । जस बाट किसानहरुले आफु उत्पादन गरेको तरकरी बाली सजिलै संग भंडारण गरी लामो समय सम्म जोगाउन र बिक्री बितरण गर्न सक्छन भने वहाले बताउनु भयो।

कर्यक्रममा बोल्दै शिवराज नगरपालिका को उपमेयर तथा कर्यक्रमका अध्यक्ष शिव कुमारी थारूले यो २ दिने तालीममा सिखे पछि आफ्नै ब्यवहारमा लागू गर्ने र आफ्नै घरमा उत्पादन गर्ने भने वाहले भानु भयो। यो २ दिने तालीममा जून हजुरहरुले यस्तो चिसो मौसममा पनि सक्रिय रूपमा सहभगी भई उपिस्तिथि हुन दिनको लगी हार्दिक धन्यबाद र हजुरहरुले बेमौसमी तरकरीको खेती कसरी गर्ने र कसरी उत्पादन गर्ने भने धेरै कुराहरु सीखने छौ भने आसा राखेको छू। आज को २ दिने तालीमको पूर्व सफलता को साथ यो तालिमको उद्धघाटन समारोह यही सम्मापनको घोषणा गर्दछु भने वहांले गर्नु भएको थियो।

तालीममा कृषि शाखा का शिव कुमार चौधरी, परसुराम जैसवाल ,चित्रा पोखरेल (खनाल), समाजसेबी, कृषक,पत्रकार लगायत को उपस्थित रहेको थियो भने कुरा कृषि शाखाले जनाएको छ। कर्यक्रम संचालन कृषि बिकास शाखा का शान्ति माया अधिकारीले गर्नु भएको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट