१ बैशाख २०८१, शनिबार

२४ घण्टामा १७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५७ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । याेसँगै काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ६२ जनामा झरेको छ । अहिले १२ जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४३ हजार छ सय नाै जनाले काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।

धेरै कमेन्ट गरिएका