भृकुटीमावि व्यवसायिक कृषि प्रशिक्षण कक्षा संचालनमा अव्वल बन्दै
कृषि खेती मात्र नभई व्यासायिक बनाउन विद्यालयकाे जाेड
कपिलवस्तु , पुस ११ । बुद्धभुमि नगरपालिका भित्र प्रविधि धार तर्फकाे कृषि संकाय प्रशिक्षणलाई व्यवसायिक बनाउन भृकुटी माविले विभिन्न कार्यक्रमहरु गर्दै अाएकाे छ ।
जिल्ला कै पुरानाे विद्यालय मध्ये एक भृकुटी माध्यमिक विद्यालय बुड्ढीले विगत तीन बर्षदेखि कक्षा ९ देखि १२ सम्म प्रविधिक धार तर्फकाे कृषि संकायकाे कक्षा संचालन गर्दै अाएकाे छ । हाल अाफ्नै जग्गामा विभिन्न थरिका उन्नत जातका तरकारी बेर्ना तैयार गरि बिक्रि गरिसकेकाे र अाउने समयमा विद्यालयले व्यावसायिकतामा अधारित कृषि शिक्षा मार्फत विद्यालयलाई नगरपालिका मै नमुना बनाउने हाम्राे लक्ष्य रहेकाे प्रअ बेदप्रकाश भुसाल बताउँछन् । बुढ्डी लगायत वरपरका थारु, मधेशी , मुस्लिम समुदाय कृषिमा अाश्रित भएकाले कृषि क्षेत्र प्रसारका लागि यस विद्यालयमा कृषि संकाय ल्याईएकाे प्रअ भुषालले बताउनुभयो ।
वैज्ञानिक प्रविधिबाट खेती गर्दा कम लागतमा बढी अााम्दनी हुने देखिएकाेले बेमौसमी तरकारी , च्याउ उत्पादन, बन्दा काउली टमाटर लगायतका तरकारीहरुकाे उत्पादन सम्बन्धि प्रशिक्षण विषयविज्ञ द्वारा गराउदै अाईएकाे कृषि संकाय संयाेजक रमेश त्रिपाठीले जानकारी गराउनुभयाे । यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुले यहांका हावापानी अनुसारका स्थानियस्तर मै वैज्ञानिक प्रविधि अपनाएर खेती गरेमा विदेसिनुपर्ने अवस्था नअाउने साथै विद्यालयमैै तरकारी उत्पादन गरर विद्यार्थीहरु अाय अार्जन गर््दैै अाए काे संयाेजक त्रिपाठीले बताएका छन ।
अहिले नेपालमा कृषि तर्फकाे प्रविधि शिक्षाले राेजगारिका अवसरहरु प्रदान गर्दै अाएकाे छ । अाफ्नै गाउंठाउंमा स्तरिय तरकारी खेती गर्दा मनग्ये अाम्दानी हुनुका साथै जिवनस्तरमा सुधार ल्याउन सक्ने भएकाले कृषि अध्ययन अतिअावश्यक रहेकाे संयाेजक त्रिपाठीकाे भनाई छ ।
हाल भृकृटी माध्यमिक विद्यालय बुड्ढीमा प्राविधिक धार तर्फ कृषि संकायमा विभिन्न विषय विज्ञद्वारा अध्यापन तथा अवलाेकन गराईदै अाएकाे छ ।