कृष्णनगरदेखि राजस्थानका लागि खाटुश्याम पदयात्रा अारम्भ
कृष्णनगर, मंशीर ३०। मारवाडी समुदायकाे महत्वपुर्ण तीर्थस्थल खाटुश्याम राजस्थानसम्म पदयात्रा अाज कृष्णनगरदेखि शुभारम्भ भएकाे छ ।
कृष्णनगरदेखि खाटुश्याम राजस्थानसम्म यात्रा मारवाडी समुदायद्वारा प्रत्येक बर्ष जाने गरिथ्याे तर यसपाली पहिलाे पटक जाने पदयात्रा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले स्वागत कार्यक्रम गरि शुभारम्भ गर्नुभएकाे छ । साे अवसरमा पदयात्री कुल एक्काईस जनालाई नगरपालिकाले सम्मान गरि कृष्णनगर बजार परिक्रमा गराईएकाे थियाे र भारतकाे बढनीसम्म पुर्याई राजस्थानसम्म यात्राकाे लागि शुभकामना दिईएकाे पवन अग्रवालले जानकारी गराउनुभएकाे छ । लगभग एकहजार किलाेमिटरसम्म खाटुश्याम भगवानकाे पदयात्रा मारवाडी समुदायकाे लागि महत्वपुर्ण मानिन्छ । नगरपरिक्रमामा नन्द किशाेर शर्मा ,अशाेक अग्रहरी, अरविन्द कंछल, शुभम कंछल लगायत स्थानिय मारवाडी समुदायकाे बाक्लाे उपस्थिति थियाे ।