कपिलबस्तु , मंशीर २९। जिल्लाकाे पश्चिमी सिमा क्षेत्रबाट केही दिनदेखि काठ तस्करी फेरि शुरु भएकाे छ ।
कपिलबस्तु जिल्लाकाे विजयनगर गाउंपालिकाकाे सिमा भारतकाे बलरामपुर जिल्लाकाे नजिकैे पुरुसाेत्तमपुर घाट र कृष्णनगर नगरपालिकाकाे बरईपुर गाउं हुदै भदुई लगायतका गाउँमा नजिककाे भारतीय जंगलबाट नेपाल ल्याई परालमा ढाकछाेप गरि राति नजिककाे काठमिलमा पुर्याईदे गरिएकाे स्राेतले जनाएकाे छ । नेपाल-भारत सिमा छुट्टयाउने चरंगवा नदी हुदै भारतिय जंगलबाट कालाे सिशम र टिककाे तस्करी शुरु भएकाे छ । तस्करहरुले राति बाह्र बजे देखि तीन बजेसम्म कालाे सिसम भारतीय जंगलबाट विजयनगर गाउपालिकाकाे गेडुवाजाेत हुँदै दर्जनाैं काठ मिलमा पुर्याउछन र त्यसपछि ती मिलहरुले फर्निचरका काठलाई महंगाे दररेटमा बिक्रि गर्छन । भारतीय जिल्ला बलरामपुरकाे सिमामा रहेकाे जंगलदेखि देखि मात्र एक किलोमिटर भित्र कृष्णागर नगरपालिका र विजयनगर गाउंपालिकाकाभित्र दर्जनबढी काठ उद्योग र सा-मिल तथा फर्निचर उद्योगहरु छन । कुनैपनि ठुलाे जंगल नभएकाे साे क्षेत्रमा ती सा-मिलहरु भारतीय जंगल र अाबदी रुखहरु चिरान गर्छन साथै चिरान भएका काठहरु अासपासका फार्निचर उद्योग तथा ठुला शहर बुटवल , काठमाडौसम्म पठाईदै अाएका छन । दशैंभन्दा एकहप्ता पहिलादेखि शुरु भएकाे काठ तस्कारी बीचमा राेकिएकाे थियाे तर अहिले फेरि बन कर्मचारीहरुकाे प्रत्यक्ष लगानीमा काठ तस्करी हुने गरेकाे स्राेतकाे दाबी छ। लगभग छ महिनादेखि प्रहरीले काठ समातेकाे छैन जसले गर्दा प्रहरीमाथि प्रश्नचिह्न खठा हुन्छ । प्रहरीले कुनै सुचना पाएर काठ समातेपनि तस्कार पक्राउहुदैन्न । जबकि गेडुवाजाेत , डालपुर भित्रका सा-मिलहरु महिनाैंदेखि कालाे सिसम र टिक चिरान गर्दैअाएका छन । भारतीय जंगलकाे कालाे सिसम नेपालका जंगलमा पाईने सिसम भन्दा राम्राे क्वालिटि हुने हुदां यसकाे डिमाण्ड फर्निचरमा बढदै गएकाे उद्योगी बताउछन ।
3