२० फाल्गुन २०८०, आईतवार

मन्त्री:बराल द्वाराअाई.सि. टि ल्याबकाे शुभारम्भ


धीरज काेरी
कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा अाई.सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ।
क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो ।
यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट अाई.सि. टि ल्याबकाे शुभारम्भ गरेर विज्ञान संकायका विद्यार्थीहरुले बनाएको शैक्षिक सामग्रीहरुकाे मन्त्रीद्वारा अवलोकन गरिएको थियो ।
अाई.सि. टि ल्याब प्रदेश ५ को अर्थिक सहयोग र क्याम्पस काे सहयोग वाट निर्मित भएको छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रमुख अतिथि ,सामाजिक विकास समिति प्रदेश ५ का सभापति दृर्घनारायण पाण्डे विशिष्ट अतिथि,प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव विशिष्ट अतिथि ,मायादेवी गाउपालिका काे प्रमुख बजरंगी चाैधरी अतिथि,जिल्ला प्रमुख गजेन्द्र बहादुर श्रेष्ठ, क्याम्पस संचालक समिति काे सदस्य ,प्राध्यापक,कर्मचारी र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट