कुल ढाई कराेडकाे लागतमा घाेरही पुल निर्माण शुरू
कृष्णनगर , मंसिर १६ । कृष्णनगर नगरपालिका १ छितुहनी जाने घाेरही पुल निर्माण शुरु भएकाे छ ।
लगभग ढाई कराेड लागतमा निर्माण हुँदै गरेका घाेरही नदिकाे साे पुल अारटियाे सडकलाई कृष्णनगर-चन्द्राैटा फाेरलेन सडकसंग जाेडेर छितुनी ,सिसहनिया लगायत अाधा दर्जन गाउंका सर्वसधारणलाई नगरपालिका केन्द्रसंग जाेड्ने नगर प्रमख रजत प्रताप शाहले बताउनुभएको छ। साे पुल शिवानगरमा स्थिति श्रीदेवी माध्यमिक विद्यालयसम्म पढ्न अाउने विद्यार्थीहरुलाई समेत सुविधा हुने नगरप्रमुख शाहले बताए ।
अार्थिक बर्ष ०७५/०७६ काे याेजनामा पनि साे पुलका लागि दस लाख मात्र बजेट विनियाेजन गरिएकाे थियाे तर पुलकाे लम्बाई बढी भएकाेले बजेट अपुग देखियाे त्यसैले यस अार्थिक बर्षमा दुई कराेड अठचालीस लाख बजेट विनियोजन गरि साढे सात मिटर चाैडाई र एक्काईस मिटर लम्बाई भएकाे पुल निर्माण शुरु गरिएकाे याेजना अधिकृत प्रदीप चाैधरी जानकारी दिनुभएकाे छ ।
पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेकाे कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलाे हुने स्थानिय राजकुमार नाउकाे भनाई छ । लगभग पचास बर्ष भन्दा पहिला भारतकाे अानन्दनगरमा रहेकाे तत्कालीन गणेश चिनी मिलले बहादुरगंजदेखि छितुहनि शिवानगर हुँदै कृष्णनगरसम्म उखु ,काठ ढुवानीका लागि घाेरही नदीमा पुल निर्माण गरेकाे थियाे । धेरै दिनसम्म जीर्ण अवस्थामा रहेकाे र केही बर्ष पहिला बाढीले भत्केकाे साे पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेकाे वडा १ अध्यक्ष तुंगनाथ चाैधरीले बताए ।