२५ मंसिर २०८१, मंगलवार

कपिलवस्तुमा राजपाकाे जनलहर कायमै


कपिलवस्तु ,मंसिर १५ ।

जिल्लाको शिवराज नगरपालिका १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ ।

निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये मत ८ सय ६८ ल्याई विजयी हासिल गर्नुभएको हो । उहाको प्रतिद्धन्द्धी नेपाली काग्रेसका देब भारती ले ४ सय ६५ मत ल्याउनुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गर्नुभएको छ । २१ मत बदर भएको छ ।

चन्द्रौटा दुर्गा मन्दिर परिसरमा मतगणना भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिस्पर्धा रहेको थियो ।

धेरै कमेन्ट गरिएका