माहुरी हाेमकाे अायाेजनामा लैंगिक हिंशा विरुद्धकाे अभियान निरन्तर
कृष्णनगर, मंशीर १३ । लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धकाे १६ दिने अभियानमा चाैथाे दिन कृष्णनगरमा जनचेतनामूलक कार्यक्रम गरि सम्पन्न भएकाे छ ।
जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा १ बढया गाँउमा मधेश मानव अधिकार गृह माहुरी होमको आयोजनामा र ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुको सहजिकरणमा स्थानिय किशोर बालिकाहरु जनचेतनामूलक अन्तर संवाद कार्यक्रम सम्पन्न भएकाे छ । माहुरीका सहजकर्ता लगायतका टीमले समुदाय भित्र हुँदै गरेकाे हिंसाका क्रियाकलाप तथा साे बाट अाउने समास्याबारे गाउंका किशोर किशाेरीलाई अवगत गराईएकाे छ । स्थानिय संघसंस्था , बाल क्लब लगायत मानव बेचबिखन तथा लैङ्गीक हिंसा विरुद्ध काम गर्ने सराेकारवाला द्वारा अायाेजित १६ दिने अभियानमा निरन्तर चौथो दिनमा समेत “मानव बेचबिखन तथा लैङ्गीक हिंसा र युवा रुपान्तरण साझेदारी सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम ”मा सहभागी हुन पाउँदा अाफुले समाजिक मूल्य र मान्यतालाई संरक्षण गर्न पहल गरेकाे अनुभव भएकाे इलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुख प्र.नि. प्रताप पौडेलज्यूका भनाई थियाे । जनचेतना मुलक प्रशिक्षण समेत दिदै अाएकाे प्रनि पाैडेलले यस्ता अभियानले विशेष गरि किशोर किशाेरलाई लक्षित भएकाे उपलब्धिमुलक हुने बताएका छन ।