१२ बैशाख २०८१, बुधबार

मेलान जिल्ला कार्य समिती पर्सा द्वारा स्व.पृथुंजय कुमार यादव प्रती श्रद्धाञ्जली


रंजित चौरसिया,वीरगंज ९ मंसिर।
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला कार्य समिती पर्साले स्व.पृथुंजय कुमार यादव प्रती श्रद्धाञ्जली दिएका छन्।
स्व.पृथुंजयको कार्तिक २८ गते मोटरसाइकल दुर्घटनामा परि बेलुका ६ बजे मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो। स्व.पृथुंजय कुमार यादव प्रदेश न .२ मेलानका सल्लाहकार,समाजसेवी,राष्ट्रसेवि,स्वस्थ्यसेवि लगाएत मेडिकल लैब टेकनोलोजिस्ट इनरवारी रौतहट र हाल बिरगंजमा नेहा डायग्नोस्टिक सेन्टर पैथोलोजी लैवका संचालक थिए।
स्व.पृथुंजय कुमार यादवको आज १० औ दिन पुण्य तिथिमा मेलान जिल्ला कार्य समिती पर्साका अध्यक्ष बिपिन कुमार चौरसियाको अध्यक्षतामा गरिएको श्रद्धाञ्जली सभामा मेलान प्रदेश न. २ का उपाध्यक्ष अनिल कुमार कुशवाह ,मेलान पर्साका उपाध्यक्ष अतावल हक, सचीव संजय कुमार पटेल, कोषाध्यक्ष रामविशवाश साह, सदस्य मनोज साह, धिरेन्द्र साह, संजय साह, धनेश्वर यादव, पुर्व उपाध्यक्ष शर्मानन्द कुशवाहा लगाएतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट