२६ भाद्र २०८१, बुधबार

कपिलवस्तु सिमामा बढ्दाे चाईनिज ज्याकेट तस्करी

कपिलवस्तु , ९ मंसिर । केहि महिना देखि चलिरहेको मटर, छुवारा तथा मरिच तस्करी संगै अब कपिलवस्तुका विभिन्न सीमा नाकाहरुबाट चाइनिज ज्याकेटको तस्करी सुरु भएको छ । विशेषगरि कृष्णनगर, मर्यादपुर र चाकरचौडा प्रहरी चौकी मातहतका क्षेत्रबाट यसको तस्करी सुरु भएको छ । चाइनिज ज्याकेटको भन्सार पैठारी गर्न नमिल्ने र भारतीय ज्याकेटहरुको तुलनामा सस्तो पर्ने भएकाले यसको तस्करी बढेको हो । विगतका बर्षहरुमा पनि छुटपुट रुपमा तस्करी हुदै आएपनि अहिले तस्करहरुले ठूलो परिमाणमा यसको तस्करी गरिरहेका छन् । विशेष गरि कृष्णनगर क्षेत्रका मुख्य ३ नाकाहरुबाट यसको तस्करी भइरहेको छ । ठकुरापुर क्षेत्र, कुकुरभुकुवा, तथा भिल्मी बाट चाइनिज कपडाहरु भारत तर्फ निर्यात भइरहेका छन्  । कृष्णनगर बजारमा रहेका ठूला व्यापारीले अहिले ठूलो मात्रामा यसको गोदाम गरि राखेको र रातीको समयमा पिकअपमा हालेर सीमा क्षेत्रमा पुरयाउने र त्यहा बाट भारतीय व्यापारीले अनलोड गरि सीमापारी लैजाने गरेको श्रोतको भनाई छ  ।

ज्याकेट मात्र नभई अहिले चाइनिज ब्लाङ्केट, तन्ना, फाइबर सिरक, चाइनिज ट्रयाकसुटहरु समेत धमाधम भारत निकासी भइरहेको छ । मर्यादपुरका विभिन्न खुला नाकाबाट तौलिहवाका व्यापारीले ज्याकेटको निकासी गर्ने र त्यहाबाट भारतीय कपडा, सुट, साडीहरु ल्याउने प्रक्रिया चलिरहेका छन् । चाकरचौडा क्षेत्रबाट त दिउसै पोके तस्करहरुले ८–१० पिसका दरले ज्याकेटहरु खुलेआम सीमापारी लैजाने गरेको सर्वसाधारणहरु बताउछन् ।  पनि तर प्रहरीले भने यसबारे अनभिज्ञता जनाएको छ । ईलाका प्रहरी कार्यालय प्रहरीका निरिक्षक प्रताप पौडेलले यस प्रकारको कुनै जानकारी आफुलाई नआएको बताउनुभयो । तर त्यहि कृष्णनगरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवाको टोलीले ९ दिन अघि तस्करी भइ आएका ७ लाख बराबरको कपडा र जुत्ता पक्राउ गरेको थियो । राजस्व अनुसन्धान कार्यालय बुटवलले गत बर्ष सोहि क्षेत्रबाट २ करोड बढिका ज्याकेट सहित पिकअप भ्यान पक्राउ गरेको थियो । अहिले पनि कृष्णनगर नाकामा गोदाम गरेरै मरिच, मटर, दाल, तथा छोहाराको तस्करी भइरहेको छ । प्रहरी निरिक्षक प्रताप पौडेल भने तस्करी नभएको दाबी गर्दै गर्दा सीमा पारीका एसएसबीले दैनिक रुपमा नेपालबाट भारत गएका वस्तुहरु पक्राउ गर्ने गरेको छ । 

        सीमा क्षेत्रमा तस्करहरुले गोदाम नै राखेरे कारोबार गर्दै आएको उजुरी परेपछि बुधबार साझ मात्रै राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले सीम क्षेत्र मर्यादपुरमा छापा हानी ६ वटा गोदाम शिल गरेको छ । यशोधरा गाउँपालिका ५ मुडिलामा रहेको ६ वटा कोठामा मरिच, छुवारा, मटर गरि २ करोड बढिको सामान फेला परेको थियो । लगत्तै टोलीले त्यसलाई शिल गरेको हो । उक्त सामान र गोदाम स्थानीय व्यापारी बजरंगी मिश्राको हो । उनको सीमापारी खुनुवा बजारमा समेत गोदाम रहेको र नेपालबाट भारत लैजाने गरेको श्रोतको भनाई छ । जसमा सीमा प्रहरी चौकी मर्यादपुरका प्रहरी नायब निरिक्षक होमबहादुर पुनले सहयोग गर्ने गरेको बताइन्छ । मिश्राले सई पुनलाई महिनाबारी बुझाउने गरेको हुदा हाल सम्म गोदाम राखेरै अवैध कारोबार चलिरहेको स्थानीयबासीहरुको आरोप छ । “प्रहरीले पैसा नखाएको भए किन बुटवलबाट राजस्व आउनुपर्दथ्यो” एक स्थानीयले बुद्धदर्पण दैनिक संग भने । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले खुला सीमानाका कारण तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न गाह्रो भएका भन्दै आवश्यक जनशक्ति परिचालन भइरहेको र विगत भन्दा केहि नियन्त्रणमा रहेको दाबी गरेको छ । 

साभार: प्रेसपाटी

धेरै कमेन्ट गरिएका