२३ कार्तिक २०८१, शुक्रबार

चीनसंग ऋणमा रेल ल्याउन भन्दा भारत कै सस्ताे


काठमाडाैँ , मंशीर ८ । पछिल्लो समय नेपालमा छिमेकी देश भारत र चीनले रेल मार्गको माध्यमबाट व्यापारिक दृष्टिकोणले नाता जोडन खोजेको छ। जसको लागि चिनियाँ टोलीले रेलवे डीपीआरको बारेमा नेपाली पक्षसँग वार्ता लागि रहेको छ। स्रोतका अनुसार काठमाडौं –पोखरा रेल परियोजनाको बारेमा उनीहरुबीच छलफल हुनेछ।

यसैबीच काठमाडौं–रक्सौल रेलमार्गको लागि अनुदानमा डीपीआर तयार गर्न भारत सहमत भएको छ भने चीनले नेपाललाई केरुङ्ग–काठमाडौं रेल परियोजनामा डीपीआर तयार गर्नको लागि ऋण लिन आग्रह गरिरहेको छ। काठमाडौं–रक्सौल रेलमार्गको डिपीआर तयार गर्न कम खर्च लाग्छ भने केरुङ्ग–काठमाडौं रेल मार्गको डिपीआर तयार गर्नको लागि बढी खर्च लाग्ने रेल क्षेत्रका विज्ञहरु बताउँछन्।

उनीहरुका अनुसार चीनको रेलले पनि भारत जस्तै व्यपारिक दृष्टिकोणले अर्थपूर्ण मानिन्छ। विज्ञहरुका अनुसार नेपालमा चीनको रेल आउन धेरै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। चीनको रेल नेपालमा आउन विभिन्न जंगल, हिमाल र पहाडलाई छिछोल्दै आउनु पर्छ, कति पय ठाउँमा सुरुङ्ग नै बनाउनु पर्ने हुन्छ। तर भारतको रेल नेपालमा आउन त्यति चुनौतीको सामना गर्नु पर्दैन।

अर्थ क्षेत्रका विश्लेषकहरुका अनुसार यसअघि अन्य मुलुकलाई चीनले ऋण दिएर तिर्न नसकेपछि आफ्नो कब्जा जमाएको छ। साेही कारण नेपालले ऋण लिएपछि तिर्न सक्छ की सक्दैन, सकेन भने नेपाल पनि अन्य मुलुक जस्तै ऋण जालमा पर्न सक्छ।

पछिल्लाे समय प्रधानमन्त्री केपी शर्मा आेलीले नेपालकाे भारतमाथिकाे पर निर्भरता हटाउनकाे लागि चीनसँग विभिन्न विषयमा छलफल गरिरहेकाे कूटनियाेग क्षेत्रका जानकारहरु बताउँछन्। उनीहरुका अनुसार भारत नेपालकाे लागि आवश्य छ त्यत्तिकै अनुपातमा चीनकाे पनि साथ पाउन जरुरी छ। चीनकाे रेल नेपाल आए नेपालकाे झनै विकास हुने जानकारहरु बताउँछन्।

नेपालमा चीन र भारत दुवै देशको रेल विकास लागि उत्तिकै अर्थपूर्ण मानिन्छ। तर भारत डिपीआर तयार गर्नको लागि सहमति जनाएपछि रेल आउने निश्चित भएको छ भने चीनले अहिले सम्म डिपीआर तयार गर्ने विषयमा कुनै कदम चालेको छैन।

धेरै कमेन्ट गरिएका