२३ कार्तिक २०८१, शुक्रबार

छ सय बढीकाे अांखा निशुल्क जाँच


कृष्णनगर, कार्तिक ३० । कृष्णनगरमा निशुल्क अांखा परिक्षण एवं माेतियाविन्दु अापरेसन शिविर सम्पन्न भएकाे छ ।
नेपाल नेत्र ज्याेति संघ तथा श्री रणअम्बिका शाह अांखा अस्पताल कृष्णनगर शाखाकाे सहयाेगमा एकदिने अांखा परिक्षण एवं निशुल्क माेतियाविन्दु अापरेसन शिविर सेन्ट ज्युड्स बाेर्डिगं स्कुलमा सम्पन्न भएकाे छ । नेपाल घरेलु तथा उद्योग महासंघ र नेपाल भारत मैत्री संघका कृष्णनगर शाखाकाे अायाेजनामा पांच सय एकाउन्न जनाकाे अांखा परिक्षण तथा एक सय एक्काईस जनाकाे निशुल्क माेतिविन्दु शल्यक्रिया गरिने अायाेजक सुशील कुमार श्रीवास्तवले बताएका छन । कृष्णनगर वरपरका असहाय र विपन्न समुदायलाई समेटेन सकेकाे यस शिविरले अार्थिक अभावमा अांखाकाे अावश्यक जाँच गराउन नसक्नेलाई समेत सहयाेग गरेकाे पंकज गुप्ताले बताउनुभयाे ।
त्यसतै विभिन्न संघसंस्थासंगकाे सहकार्यमा कृष्णनगर लगायत अांखा अस्पतालसम्म पहुँच नभएकाे गाउंहरुमा निशुल्क अांखा जाँच शिविर संचालन गर्दा हजाराैं विपन्न परिवारमा हाम्राे संस्थाप्रतिकाे सकारात्मक भावना जागृत हुने गरेकाे छ साथै समाजलाई प्रत्यक्ष फाईदा पुग्ने यस्ता शिविर संचालनमा हाम्राे संस्था सदैव तत्पर रहेकाे रणअम्बिका शाह अांखा अस्पताल कृष्णनगर शाखाकी प्रमुख पारुल श्रीवास्तवले बताईन । उनले लुम्बिनी नेत्र विज्ञान संस्थान तथा रणअम्बिका अांखा अस्पतालले अार्थिक र प्राविधिक सहयाेग गरि विगतका दिनमा पनि निशुल्क अांखा जाँच तथा शल्यक्रिया शिविर संचालन गरेकाे जानकारी गराईन । शिविरमा विद्यालयका बिद्यार्थी र शिक्षक स्वयंसेवकका रुपमा सहयाेग गरेका थिए भने कार्यक्रम संचालन विनय शर्माले गरेका थिए ।

धेरै कमेन्ट गरिएका