२० फाल्गुन २०८०, आईतवार

उपराष्ट्रपति यादवलाई भारतीय समकक्षीले दिए बधाई

काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले नेपालका नवनियुक्त उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । धनखरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।‘नेपालको उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेकोमा रामसहाय यादवलाई हार्दिक शुभकामना छ,’ ट्वीटमा उनले लेखेका छन् ।
यस्तै, धनखरले दुई मुलुकबीचको ‘युनिक’ र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ गर्न तथा दुई मुलुकका जनताहरू बीचको मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाउन मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट