९ असार २०८१, शनिबार

शिवराजमा बाढीले तरकारी बगाउँदा लाखौँ क्षति 

कृष्ण पौडेल कपिलवस्तु,

गयराति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका वडा नम्बर ८ देबीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेतीमा १६ लाख बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ ।

बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजा, तितेकरेला लगायत तरकारीबालीमा क्षति पुर्याएपछि यस क्षेत्रका किसान चिन्तित बनेका छन् । सुराही नदीको बगरमा १ दर्जन किसानले तरकारी खेती गरेकागर्दै आएका थिए।

कृषक सुमुहका अध्यक्ष सुग्रीव लोनियाले भने “बगरको तरकारीमा बाढीले नोक्सानी गरेपछि किसानको मिहिनेत सबै खेर गएको छ ।” बगरमा लगाइएको सबै तरकारी बगाएर लग्यो” । उनले भने, “किसानले ठूलो क्षति व्यहोरेकाले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउन सक्नुपर्दछ ।”

अनुगमनमा पुग्नुभएका शिवराज नगरपालिकाका मेयर अजय थापाले नगरपालिकाले तरकारी खेतीका लागि सहयोग गरेको बताउदै तरकारी खेतीमा बाढिले गरेको क्षेतीको पनि पालिकामा आवश्यक सल्लाह गरेर किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने बताउनुभयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट