१३ बैशाख २०८१, बिहीबार

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ आज

काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथग्रहण सोमबार हुँदैछ।

यादवले बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम तय भएको छ ।

चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए। उनले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यको मत प्राप्त गरेका थिए।

बारा क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले आइतबार नै सांसद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्।

यसअघि निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादव उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले यही चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आइतबार राष्ट्रपति पौडेलसमक्ष पेश गरेको हो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट