कपिलबस्तु
कार्तिक २७।पछिल्ला समय देखि नै स्वतन्त्र मधेश गठबन्धनका नामले मधेशमा बिद्यमान रहेका समास्यालाई जरै बाट उन्मुलन गर्न रणनितिका साथ अन्दोलन गर्दै आउनुभएका डा.राउत अहिले जनमत नाम राखी पार्टी गठन गर्नु भएका हुन। संबैधानिक व्यवस्था अनुरुप जन्ताको मतलाई कदर र सम्मान गर्न उच्च स्तरीय वार्ता गरी नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन बीच भएको सहमतिका आधारमा पार्टीका कार्यक्रमलाई अगाडी बढाउने कार्य जिल्लागत रुपमा तीब्रता पाएको छ।
मंसीर १४ मा हुन गइरहेको उप-निर्वाचनमा कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.१० मा वडाध्यक्ष पदका लागी जनमत पार्टीबाट हानिफ खानको मनोनयन दर्ता गराउनु भएको छ। मनोनयन दर्तामा मधेशका मसिहाका रुपमा चिनिने डा राउत समेतको उपास्थिति रहेको थियो।मनोनयन दर्ता पछि पुर्व नियोजित कार्यक्रम अनुसार जिल्ला सदरमुकाम स्थित कपिलवस्तु नगरपालिका तौलिहवाको सभाहलमा कार्यकर्ता भेटघाट एवंम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुभएका हुन। उक्त कार्यक्रममा कपिलबस्तुका कार्यकर्ता र छिमेकी जिल्लाका कार्यकर्ताहरुको समेत उपास्थिति रहेको थियो ।
कार्यक्रममा पार्टी प्रवक्ता अब्दुल खानले पार्टीका योजना, अगामी रणनिति र घोषणा पत्रको बारेमा प्रस्ट्याउनु भएका हुन । अन्य मधेश केन्द्रित मधेसी दल भन्दा जनमत पार्टी फरक रहेको छ ,भनी संयोजक राउतले सम्बोधन गर्ने क्रममा सहभागी कार्यकर्ता र सम्पुर्णमा जानकारी गराउनु भएका छन। उहाले भन्नु हुन्छ “अहिले बिभिन्न पार्टीका नेताहरुले हामीलाई भन्छन कि डा सि के राउत समझौता गरी पार्टीका रुपमा अगाडी आउनु गलत हो, तर म जानकारी गराउन चहान्छु यो पार्टीले जनताको मतलाई सम्मान र कदर गर्न जनमत नाममा गठित एक संगठन हो ।” यो पार्टी अरु पार्टी भन्दा फरक नै छ ।किनकि सत्ता र कुर्सीको लोभमा बिभाजित भई आएको छैन ,पुर्णरुपमा जनताको माझ बाट जन्मेको पार्टी हो ।
डा राउत भन्नुहुन्छ हामीले सबैको चित्त बुझाउन सक्दैन , भन्ने ले भन्छन तिनको काम हो भन्ने। हामी आफ्नो पार्टीको मिशनका आधारमा अगाडी बढ्दै काम गर्दै जानुपर्छ। हामी सबै संयमित, अनुसाशित र मर्यादित तरीकाले पार्टीका नितिलाई जनताको माझमा पुर्याउनु हामी सबैको दायित्व हो। जस्ता विचारलाई डाक्टर राउतले कार्यक्रममा र कार्यकर्ता भेटघाट गर्ने बेला बताउनु भएका हुन।
3