११ फाल्गुन २०८०, शुक्रबार

कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह द्वारा स्व.सूरज पाण्डेय को परिवार लाई रु ५१ हजार सहयोग

कृष्णनगर, कपिलवस्तु, कार्तिक २६कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह ले बढ्नी मिल कालोनी बस्दै आएका सूरज पाण्डेय को परिवार लाई ५१ हजार आर्थिक सहयोग गर्दै शोकाकुल परिवार प्रति गहिरो संवेदना व्यक्त गरेका छन्। कृष्णनगर मा लक्ष्मी को मूर्ति विसर्जन गर्ने क्रममा भएको विवाद मा प्रहरी को गोली लागी कृष्णनगर गोलघर मा चिया पसल गर्दै आएका सूरज पाण्डेय को मृत्यु भएको थियो। उहाको परिवार को आर्थिक स्थिति कमजोर रहेको छ। साथै अन्य व्यक्ति ले समेत आर्थिक सहयोग गरेका छन्। नगर प्रमुख रजत प्रताप शाह ले स्व . सूरज पाण्डेय को परिवार लाई हरेक सम्भव सहयोग गर्ने कुरा समेत बताउनु भयो। उक्त समयमा गाधीं आदर्श का प्रधानाचार्य विजय कुमार वर्मा, राहुल प्रताप सिंह, अरविंद पाठक, वीरेंद्र नाथ शुक्ल, विकास सिंह, संजय पाण्डेय, अवध नारायण पाण्डेय लगायत अन्य को उपस्थित रह्यो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट