१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तुमा १४ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार, आराेपी फरार 

विजयनगर ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एक बालिका सामुहिक बलात्कृत भएकी छिन् । घरमा सुतिरहेकी ति बालिकालाई नियन्त्रणमा लिई नजिकको खेतमा लगेर बलात्कृत भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक विजय तिमिल्सनाले बताउनु भयो । कृष्णनगर नगरपालिकाको वडा नं १० बस्ने १४ वर्षीय बालिका लाई स्थानीय २ युवाले शुक्रवार राती ९ः३० बजे बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोप लागेका वर्ष २४ र वर्ष २२ ति युवाको नाम प्रहरीले गोप्य राखेको छ । घटनाको विषय प्रहरी सँग पुगे पछि आरोपित फरार रहेका छन् । फरार आरोपितको खोजी गर्दै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट