२० मंसिर २०८०, बुधबार

यस्ता स्वास्थ्य समस्या भएकाले नपिउनुस् उखुको जुस

काठमाडौं : उखुको रसलाई स्वास्थ्यका दृष्टिले धेरै राम्रो मानिन्छ। अझै जन्डिस वा हेपाटाइटिस भएको छ भने उखुको रस खानु राम्रो मानिन्छ।

उखुको जुसले पेट सफा गर्ने हुँदा नियमित सेवन गर्नु राम्रो पनि मानिन्छ। यस मा फलाम अत्यधिक मात्रामा पाइन्छ, जसले रगतलाई शुद्ध बनाउँछ। उखुको रस पिउनाले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ।

तर केही त्यस्ता शारीरिक समस्या भएकाका लागि भने उखुको जुस सेवन गर्नु हानिकारक मानिन्छ। कस्ता स्वास्थ्य समस्या भएकाले उखुको जुस नखाने त?

मधुमेह

मधुमेह रोगीले उखुको जुस खानु हुँदैन। चिनीको उच्च मात्रा हुने हुँदा मधुमेहका बिरामीले उखुको जुस खाएमा सुगरको मात्रा बढ्छ। एक अध्ययनले उखुको रसमा पोलिफेनोल एन्टिअक्सिडेन्ट पाइने दाबी पनि गरेको छ, जसले प्यान्क्रियाजमा इन्सुलिनको मात्रा बढाउँछ।

मुटु रोग

सन् २०१४ मा, जामा इन्टरनल मेडिसिनमा उखुको रसको बारेमा एक अध्ययन प्रकाशित भएको थियो। यस अध्ययनमा चिनीबाट २० प्रतिशत ऊर्जा प्राप्त गर्ने व्यक्तिहरूमा हृदय रोगबाट मृत्यु  जोखिम ३८ प्रतिशत बढी हुने दाबी गरिएको थियो। उखुको रसमा चिनीको मात्रा बढी हुने भएकाले मुटुका बिरामीले यसबाट बच्नुपर्छ।

रक्तचाप

वेबएमडीका अनुसार उखुको रस निकै मीठो हुन्छ, यस्तो अवस्थामा यसको सेवन गर्दा रक्तचाप उच्च हुन्छ। उच्च रक्तचापका बिरामीले उखुको जुस पिउनु हुँदैन। यो उनीहरूका लागि खतरनाक हुन्छ।

कोलेस्ट्रोरोल

उखुको रसले शरीरमा कोलेस्ट्रोरोलको मात्रा पनि बढाउन सक्छ। यस्तो अवस्थामा कोलेस्ट्रोल बढेकाहरू यसबाट टाढा रहनुपर्छ। उखुको रसबाट फ्याटी कलेजो रोगको जोखिम पनि हुन्छ।

उखुको रस लगातार पिउने हो भने चाँडै मोटोपन हुन्छ, जसका कारण तौल अचानक बढ्छ। चिनीले तौल बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले उखुको रसलेछिटै तौल बढाउँछ।

एजेन्सीको  सहयोगमा

धेरै कमेन्ट गरिएका

ताजा उपडेट