१५ फाल्गुन २०८०, मंगलवार

डा.सिके राउत नेपालगन्ज आउँदै

नेपालगन्ज ,कात्तिक २४

जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउत कातिक २६ गते नेपालगन्जमा अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रमको लागि आउँदै हुनुहुन्छ भन्ने जानकारी जनमत पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषले बताएका छन। नेता शेषले डाक्टर राउत अहिले पूरै मधेश दौडहामा रहेको समेत बताएका छन पूर्वको सबै जिल्लामा यस्ता अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्दै हाल पश्चिम मधेशतिर को कार्यक्रम डाक्टर राउतको रहेको समेत भनेका छन, हाम्रो यस पक्षिको कार्यक्रम भनेको काठमाडौं टुडिखेलको खुल्ला मन्चमा आउने मंसिर ०७ गते आमसभा गर्ने समेत जनाएका छन, अबको बिकल्प जनमत पार्टी नै रहेको समेत दाबी नेता शेष गरेका छन। हाल सम्म मधेशलाइ ठग्ने खाने काम मात्र हुँदै आएको थियो अब त्यस्ता खाले नेता वा कुनै पनि पार्टीको दुकान (पसल)मधेशमा नचल्ने समेत भनेका छन। काठमाडौं आमसभा पछि हामीले जनमत पार्टीको एजेन्डा लिएर सबै जिल्लामा आमसभाहरु आयोजना गर्ने र मधेशलाइ हमेशा ठग्नेखाने नेता-पार्टीहरुको भन्डाफोर गर्ने जनाएका छन। यस पटक एकदिनको मात्र भ्रमण रहेको जानकारी दिइएका छन। अब मधेशी जनताले नै ठगहरुलाइ मधेशबाट लखेटने छन, हामीले जनतालाइ पछिल्लो ७ वर्ष देखि नै जागृत गर्दै आएको र अब त्यसको परिणाम देखिने निस्चित छ , अब जनमतको बिकल्प मधेशी जनता सामू नरहेको ठोकुवा जनमत पार्टीका केन्द्रीय सदस्य इरफान शेषले गरेका छन। साथै सबै कार्यकर्ताहरुलाइ अन्तरक्रिया कार्यक्रममा सामेल हुनलाइ समेत आग्रह गरेका छन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट