अयाेध्याकाे फैसलाकाे कपिलबस्तुमा भव्य स्वागत

सेयर गर्नुहोस


कपिलवस्तु, कार्तिक २४ । राम मन्दिरकाे पक्षमा भारतीय सर्वाेच्च अदालतकाे निर्णयलाई जिल्लाका हिन्दु अगुवा द्वारा स्वागत गरिएकाे छ ।
भारतकाे अयाेध्या विवादमा हिन्दु धर्मावलम्बीहरुकाे अास्थाका प्रतीक मर्यादा पुरुषाेत्तम भगवान रामकाे मन्दिर निर्माण पक्षमा भारतीय सर्वाेच्च अदालतले दिएकाे निर्णयलाई कृष्णनगर ,बहादुरगंज , ताैलिहवा लगायत अन्य स्थानहरुमा दीप प्रज्वलन गरि स्वागत गरिएको छ । साे अवसरमा बहादुरगंजमा हिन्दु समाजले मिठाई वितरण गरेकाे छ भने कृष्णनगरमा नगरप्रमख रजत प्रताप शाह , राप्रपाका केन्द्रीय सदस्य श्याम कुमार मिश्र लगायत स्थानिय सर्वसाधारणकाे उपस्थितिमा जय जयकार का साथ भगवान श्रीरामकाे रंगाेलीमा दीप जलाएर राम मन्दिर निर्माणकाे निर्णय नेपालका हिन्दुधर्मावलम्बी द्वारा सर्वस्विकार गरिएकाे मेसेज दिन खाेजिएकाे छ ।
भगवान रामकाे सम्बन्ध नेपालका जनकपुरसंग भएकाेले नेपालले खुलारुपमा निर्णय स्वीकार गरि हिन्दुधर्मावलम्बीहरुकाे जनभावनाकाे सम्मान गर्नुपर्ने वक्ताहरुकाे बुझाई थियाे ।

Facebook Comments Box