९ असार २०८१, शनिबार

नगरप्रमुख शाह दाेस्राे पटक व्यवस्थापन समितिमा चयन


कपिलवस्तु , कार्तिक २२ । कृष्णनगर नगरपालिकाकाे बहादुरगंज अवस्थित राम गोरखा मा विको विधालय ब्यावस्थापन समिति रजत प्रताप शाहकाे नेतृत्वमा चयन भएकाे छ ।
संस्थापक सदस्य समेत रहेका नगरप्रमुख रजत प्रताप शाहलाई नै सर्वसम्मत ले बिद्यालय व्यवस्थापन समिति चयन गरिएकाे प्रअ प्रदीप सिंहले जानकारी गराउनुभएकाे छ । विगत दुई कार्यकालदेखि अध्यक्ष बन्दै अाएका नगरप्रमख शाहले राम गाेरखा माविमा सिटिईभिटी तर्फकाे बाली विज्ञान र पशुविज्ञान काे प्रविधिक तह कक्षा संचालन गराएका छन । नगरप्रमख समेत रहेका शाहले राम गाेरखा माविलाई क्याम्पस संचालन तथा पुर्वाधार निर्माणमा अावश्यक बजेछ पनि विजियाेजन गरिसकेकाे बनाउनुभयाे । साथै भवन निर्माण सम्बन्धि प्रविधिक डिपिअार पनि भई सकेकाे शाहले बताउनुभयाे ।
यसभन्दा पहिला अाईएडसम्म मात्र संचालनमा रहेकाे यस विद्यालयमा अहिले प्रविधिक धारलाई जाेडेर क्याम्पस तहसम्म पुर्याउनु भएकै कारण शाहलाई फेरि चयन गरिएकाे अभिभावक रामलाैटन यादवले बताएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट