२६ भाद्र २०८१, बुधबार

कपिलवस्तु किसान सघंले अगामी रणनिति तय

असोज १९। कपिलवस्तुका किसानहरु भोग्दै आएका समास्या माथी विचार बिमर्शको साथ अगामी रणनिति तय गर्न आज बैठक बसेको छ। किसान संघका अध्यक्ष अनुप कुमार चौधरी अनुसार ” हाम्रो सबै भन्दै ठुलो समास्या उखुको अनुदान रकम न पाउनु,कृषि व्यापारीलाई धान बिक्री गर्दा (गल्ला व्यापारीले) खर्चको नाममा बढी रकम असुल गर्ने र किसानहरु मर्कामा ठगिदै आएका छन।” उखुको अनुदान रकम रु २५ प्रति क्वीन्टल दिने भनेर सरकार पक्ष बाट निर्णय भएको हुदा त्यही बखत अन्य जिल्लाका किसानहरुले अनुदान रकम पाईसकेका छन । कपिलबस्तुका किसानहरुले अनुदान रकम पाउनको लागी पटक -पटक अन्दोलन र सरकार सम्बन्धित निकाय र महालक्ष्मी सुगर्स प्रा.लि.का प्रबन्ध निर्देशक बीरेन्द्र कुमार कनोडिया ज्युको ध्यानकर्षण समेत गराउदा अहिले सम्म रकम प्राप्त न भएको हुदा ,सो रकम प्राप्त गर्न र गराउनको लागी पुन: श्री प्रमुख जिल्ला अधिकारी ज्युलाई ज्ञापन पत्र दिने आजको बैठक बाट निर्णय पारित भएको छ। उता गल्ला व्यापरीले पल्लोदारी र खर्चको नाममा किसान बाट बढी रकम असुल गर्दै आएका छन। सरकारले धानको न्युनतम समर्थन खरीद मुल्य २५ रुपैया ८० पैसा निर्धारण गरे तापनि बजारमा कार्यन्वयन भएको छैन। सो रकममा खरीद गर्न र सरकारले निर्धारण गरेको नियमलाई कार्यान्वयन गर्न अगामी दिनमा विभिन्न दबाबमुलक कार्यक्रम गर्ने र उक्त ज्ञ…

धेरै कमेन्ट गरिएका