२७ भाद्र २०८१, बिहीबार

कृष्णनगर घटनाका दाेषीलाई कार्यवाही गर्न सांसद शाहले गृहमन्त्रीलाई दिए ज्ञापनपत्र


गृहमन्त्री बादलद्वारा अावश्यक कार्यवाहीकाे अाश्वसन

अंकुश श्रीवास्तव


कपिलवस्तु , कार्तिक १६ । कृष्णनगर घटनाका अाराेपीहरुलाई अावश्यक कार्यवाही गर्न कांग्रेसका सांसद अभिषेक प्रताप शाहले गृृहमन्त्री लाई ज्ञापनपत्र दिएका छन ।
कार्तिक १३ गते लक्ष्मी मुर्ति विसर्जनक्रममा दुई समुदायबीच भएकाे समप्रदायिक घटनालाई प्रहरीले नियन्त्रण लिन नसकेकाे र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि सम्झाैताकाे न्युनतम मापदण्डपनि पुरा नगरि गाेली चलाएकाे खण्डमा कृष्णनगर बस्दै अाएकाे सुरज कुमार पाण्डेयकाे प्रहरीकाे गाेली लागि मृत्यु भएकाे जानकारी दिदै कपिलवस्तु क्षेत्र न :३ का सांसद अभिषेक प्रताप शाहले गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराएका छन ।
ज्ञापनपत्रमा कृष्णनगरलाई अशान्त बनाउन लागिपरेका केही असामाजिक तत्वले प्रत्येक बर्ष दशै र तिहारमा मुर्ति विसर्जनक्रममा समप्रदायिक दुर्घटना गराउने गरेका छन । लक्ष्मी मुर्ति विसर्जनकाे घटनाका दाेषी केही तस्करहरु रहेका कारण माेटाे रकम वसूल गर्दै अाएकाे प्रहरीले कार्यवाही गर्न नसकेकाे ज्ञापनपत्रमा उल्लेखित छ । दाेषीलाई अावश्यक कार्यवाहीकाे माग गर्दै गरेका हिन्दु समुदायमाथि प्रहरीले गाेली चलाएकाे र गाेली लागेर केही घाईते हुनुका साथै एक जना मृत्यु भएकाे कुरा सांसद शाहले ज्ञापनपत्रमा उदृत गरेका छन । साथै सांसदले समप्रदायिक घटनाका मुख्य याेजनाकार कृष्णनगर ३ झण्डानगर घर भएकाे जमाल शाह लगायत संलग्न २०/२५ जनालाई अावश्यक कार्यवाही गरि घाईतेलाई निशुल्क उपचार र पिडित परिवारलाई क्षतिपुर्ति समेत उपलब्ध गराउन माग गरेका छन । सांसद शाहकाे ज्ञापनपत्र बुझेर गृहमन्त्री रामबहादुर थापा बादल ले दाेषी जाे काेही भएपनि कानुनी कटघरामा ल्याई अावश्यक कार्यवाही गरिने अश्वासन दिएका छन ।

धेरै कमेन्ट गरिएका