कमलेश चन्द्र गुप्ता
चन्द्रौटा / कत्तिक ८। कपिलबस्तुको शिवराज नगरपालिका कृषि विकास शाखाले अनुदान सामग्री बितरण गरेको छ। सोनवर्शीका कृषकहरुलाई तरकारी उत्पादन प्रबर्धनको लागि अनुदान कार्यक्रमको आयोजना गरी शिवराज नगरपालिका कृषि बिकास शाखाले कृषि सामग्री बितरण गरको हो। उक्त सामग्रीलाई शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी द्वरा शिवराज नगरपालिका को वार्ड नं ३ मा सोनवर्शीका तरकारी उत्पादक कृषकलाई हस्तान्तरण गरिएको हो।
कृषि शाखाका प्रमुख ताराचन्द्र चौधरी का अनुसार कृषकको माग अनुसार सामग्री बितरण गरिएको हो । मिति २०७६ कत्तिक ४ गते नै कार्यलयबाट २ जना कर्मचारी शान्तिमाया अधिकारी र शिवकुमार चौधरीलाई अनुदान सामग्री बितरणको लागि माग संग्लनको लागि पठाएको थिए । त्यही कृषकको माग अनुसार आज कृषि सामग्री बितरण भएको हो भन्ने वहाले बताउनु भएको छ।
कर्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नागरप्रमुख नेत्रराज अधिकारीले कृषकहरूलाई ब्यवसिक तरिकाले तरकारी उत्पादन गर्नु पर्नेमा जोड़ दिनु भएको थियो । तरकारी खेतीमा अन्नबाली भन्दा तीन गुना नाफा भएकोले प्रबिधिक तरीकाले खेती गरियो भन्ने आय स्तरमा बृद्धि हुनको साथै बाहरबाट तरकारी निर्यात गर्नु पर्ने समस्या समाधान हुन्छ भने वाहले बताए। यो सोनवार्षि गांवलाई तरकारी पैक्टमा बिकसित गर्नको लागि कटीबध रहेको छू भने बताउनु भयो। आज पाएको कृषि सामग्रीबाट प्रबिधिक तरिकाले तरकारी खेती गरी बढ़ी भन्दा बढ़ी तरकारी उत्पादन गर्नु पर्दछ नगर प्रमुख अधिकारी को भनाइ रहेको थियो।
उक्त कृषि सामग्रीमा कृषक को माग अनुसार आलू, गोलभेडा ,गाजर, केराऊ,मुला, प्याज, धनिया , घिरौला, भिन्डी, सागपात,सौवाँ, तरकारी को बीउ रहेको थियो भने माटो उपचारको लागि दुषिनसक बिषादी , बिटामिन ,माइक्रोन्यूटिय, कीटनाषक का साथ साथै बिषादी छिरनै उपकरण पनि रहेको कुरा कृषि शाखाका शिवकुमार चौधरीले जानकारी दिनु भएको छ। सोनवार्षि गांवको आभवन्तित ३१ घर धुरीलाई कृषि सामग्री बितरण गरेको हो भने कर्यक्रम संचालक शान्तिमाया अधिकारीले जानकारी दिनु भएको छ।
3