जनमत पार्टी बाँकेको कार्यकर्ता प्रशिक्षण सम्पन्न
बाँके, असोज २७ गते । बाकें जिल्लाको भेरी होटलमा जनमत पार्टीको कार्यकर्ता १ दिने राजनीतिक प्रशिक्षण सोमवार सम्पन्न गरियो ।
कार्यक्रममा बाकें जिल्लाको गाउं,वार्ड,क्षेत्र र जिल्लास्तरको कार्यकर्ताहरुको सहभागिता थियो । प्रमुख अतिथीको रुपमा ईरफान शेष,प्रमुख प्रशिक्षक अब्दुल खानं हुनुहुन्थ्यो । एक सय भन्दा बडी कार्यकर्ताहरुको सहभागिता थियो ।
अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ,जनमत पार्टीमात्र मधेशीहरुको जमिनी स्तरको एकमात्र पार्टी हो,हाम्रो राजनीतिक दर्शनको रुपमा सामूदायिक स्वराज(स्वराज स्थापना) निर्माण गर्नु हो । जनताराज स्थापना,भ्रष्टाचारको उन्मूलन,१० लाख रोजगारी श्रृजनागर्नु मुख्य लक्ष्य छ ।
कार्यक्रम मा मन्तब्य दिंदै नेता अहमद शेषले संगठन भित्र कुनै किसिमको संगठन विपरीत को कार्य बर्दास्त न गरिने समेत कार्यकर्ताहरुलाइ जनाएका थिए, आज हामी यहाँ सम्म पुग्नलाइ धेरै नै संघर्ष गरि पुगेको समेत कार्यकर्ता हरुलाए सुनाएका थिए अझ अब हामी व्यापक संगठन विस्तार गरि एक नंबर संगठन निर्माण गरिने समेत बताएका थिए ।
कार्यक्रममा अनवर खान आजाद,रियाज अहमद शेष, हसिब जसगड, हरपाल सिंह, इसारत शाह,अब्दुल वाहिद शेष, फारूक हासमी, नौसाद अंसारी, चाँद अंसारी, कलिम अंसारी,जाविर हलवाई,मोहम्मद हुसेन,रियाज अंसारी,प्रदिप गडरिया,दिपक पासी, बिष्णु यादव, बिष्णु तमोली लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।