१६ चैत्र २०८०, शुक्रबार

सिद्घि टप मल्टिप्रपोज कम्पनी प्रा.लि. बाँकेकोबृहत बृक्षरोपण कार्यक्रम सम्पन्न

बाँके, असोज २७ गते । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१७ मा “स्वस्थ वातावरण, स्वस्थ जीवन” भन्ने मूल नाराका सिद्घि टप मल्टिप्रपोज कम्पनी प्रा.लि. बाँकेको आयोजनामा असोज २७ गते आइतवार बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समाजसेवी धरनीधर पाठकको अध्यक्षतामा बृहत बृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शमशेर राणाले मलेसियन सालको बिरुवा रोपेर उद्घाटन गर्नु भएको थियो ।सिद्घि टप मल्टिप्रपोज कम्पनी प्रा.लि. बाँके अध्यक्ष सतिश पाठकका अनुसार नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१७ ढोढेगाउँ नजीक पौने २ कट्ठा जग्गाका १ सय २० मलेसियन सालको बिरुवा रोपने कार्यक्रम रहेको छ । साथै २३ वटै वडाहरुमा ५ हजार वटा बिरुवा बृक्षारोपण गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।कार्यक्रममा जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरे, ५ नं. का वडाध्यक्ष कैफुवरा जोलाह, १५ नं. का वडाध्यक्ष वल्लन कबडिया, ६ नं.का वडाध्यक्ष समीर प्रताप सिंह, ७ नं.का वडाध्यक्ष जुम्मा खाँ, लगायतले आ–आफना विचार राखेका थिए ।तेज बिक्रम शाह, फियान नेपालकी रुपा चौधरी, १७ नं. वडाका वडासदस्य फिरोज बेहना, फतिमा फाउण्डेशन नेपालका जमील अहमद दर्जी लगायत स्थानीयवासीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन सिद्घि टप मल्टिप्रपोज कम्पनी प्रा.लि. बाँके अध्यक्ष सतिश पाठकले गर्नुभएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट