१४ बैशाख २०८१, शुक्रबार

दधि-स्मृति साहित्य समाजको आयोजनामा कपिलवस्तुमा कवि गोष्ठी हुँदै


कपिलवस्तु असोज २६
दधि-स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा आउँदो कार्तिक २ गते शनिबार कपिलवस्तुमा कवि गोष्ठी , रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्रयाकटर समितिको सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

समाजका संस्थापक अध्यक्ष तथा स्रष्टा सम्मान छनौट समितीका संयोजक ऋषिकेशब भार्द्वाज द्वारा जारी गरिएको प्रेस -विज्ञप्तिमा सम्मानित स्रष्टाहरूको नामावली समेत सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ :
दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको सन्चालक समितिको निर्णयानुसार ६८ औं दधि जयन्तीको अवसरमा आगामी कार्तिक २ गते रास्ट्रिय कवी गोस्ठी , रचना वाचन तथा तपशिल बमोजिमका स्रश्टा सम्मान गर्ने कार्यक्रम रहेको ब्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।कार्यक्रम भब्य रूपमा सपन्न पार्न यहाँहरूको गरिमामाया उपस्तिथीका निमित्त समेत सादर अनुरोध गर्दछौ
तपशिल
१ नवराज पाण्डेय ’चातक’रुपन्देही शिव तुलसा छन्दरथी साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
२ पशुपति मणि त्रिपाठी ,कपिल्बस्तु (आदित्यराज साहित्य रत्न पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
३ देवकी निरौला ,बाँके ( आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
४ अर्जुन कुमार पौडेल ’शर’,दाङ (टिकाराम काव्य शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
५ राघवेन्द्र कुमार श्रीवास्तव ,कपिलवस्तु (वासुदेव गजल शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
६ महेश जंग कुँवर , काठमाडौ (पुरूसोत्तम नैनादेवी आख्यान साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
७ पवन अधिकारी ,कपिलवस्तु (प्राची बाल साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
उक्त कार्यक्रम बाणगंगा नगरपालिका वडा नम्बर ८ को बिशेष सहयोगमा संचालन हुन गइ रहेको दधी-स्मृति साहित्य समाजका सचीव समीर शायरले जानकारी दिएका छन् ।

कार्यक्रमले समग्र जिल्लाको पहिचान र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय काव्य प्रेमी , समाजसेवी तथा संबंधित सम्पूर्णलाइ कार्यक्रम सफल पार्न आ- आफ्नो स्थान बाट सहयोग गर्न समेत दधी-स्मृति साहित्य समाजले आग्रह गरेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट