४ बैशाख २०८१, मंगलवार

जयश्रीराम शक्ति दल लाठी समिति बाँकेको २८औं वार्षिकोत्सव तथा खेलाडी सम्मान सम्पन्न



नेपालगन्ज, असोज २५

जयश्रीराम शक्ति दल लाठी समिति नेपालगन्ज–८ बाँकेको २८औं वार्षिकोत्सव तथा खेलाडी सम्मान अाज सम्पन्न भएको छ ।
मेयर डा. धवल शमसेर राणा, बिशिष्ठ अतिथि राप्रपा नेपालका केन्दिय सदस्य ओम प्रकाश आजाद, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंह, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक बिपिन दसरा, महिला समाजसेवी तथा नेपालगन्ज उद्योग वाणिज्य संघकी सदस्य रमा रानी बैश्य, ८ नं. का वडा ध्यक्ष सुरेन्द्र कुमार गुप्ता, ११ नं.का वडाध्यक्ष उज्वल सिंह राठौर मनोज कुमार श्रेष्ठ, लगायतले पासमा बत्ती बालेर २८ औं वार्षिकोत्स तथा खेलाडी सम्मान कार्यक्रमको विधिवत रुपमा उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा मेयर डा. धवल शमशेर राणा मन्तब्य ब्यक्त गर्दै आफनो एक महिनाको तलब रकम जयश्रीराम शक्ति दल लाठी समितिलाई दिने घोषणा गर्नु भएको छ साथै अब ३ वर्ष मात्र बाँकी रहेको छ हिन्दूराष्ट्र फर्काउनका लागी सबैको सहयोग हुन आवश्यक रहेको छ । यस्तै बिशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले टिकापुरबाट छिटै आएको छु साथै तपाईंहरुको सहयोग भयो भने बाँकेलाई पनि टिकापुर जस्तै बनाउँछु गुण्डागर्दी गर्नेहरु अब छिटै सखाप हुने टन् । अब राती १० बजे पछि कुनै दोकान र एउटा पान पसल पनि खुआ हुने छैन । ७ सय ५३ बटा मोटर साइकm पनि नियन्त्रणमा लिएको छौं जुन नम्बर नभएका र नम्बर प्रष्ट रुपमा नदेएिका रहेका छन्् बताउनु भयो ।
यस्तौ बिशिष्ठ अतिथि, अतिथि, लगायत र लाठी क्लबहरुमा जय माँ ज्वाला शक्ति कला केन्द्र, अर्जुन श्क्ति केन्द्र, माँ बागेश्वरी लाठी क्लब, पूर्व खेलाडी डा.अजय बैश्य, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हार, कसौंधन बैश्य सेवा समाजका अध्यक्ष सुनिल कुमार बनिया, लखेर समाजका बीरेन्द्र गुप्ता, स्वर्णकार सेवा समितिका राम प्यारे वर्मा, रामलीला संचालक समिति नेपालगन्ज, दुर्गा पण्डाल समिति, मूर्तिकार तथा सजावट कन्हैयालाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज, सदभाव समितिका दिपक लोध लगायतलाई सम्मान गरिएको थियो साथै यस वर्ष खेलाडीहरुलाई मुल्याँकन गर्दा ६ वटा खेलाडीहरुछनौट भएका अनुज बैश्य, बिब्याँश बैश्य, प्रेम लखेर, हंशराज बंशकार, संघर्स गुप्ता, कन्हैया बैश्य तथा सर्वोत्कृष्ठ खेलाडी बिष्णु बाबु कसौंधनलाई पनि सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा लाठी प्रशिक्षणका सहायक प्रशिक्षक संजय गुप्ता, राजा गुप्ता, दिपेश गुप्ता, उमेश बैश्य, सन्तोष काँदू, दिपु गुप्ता लगायतलाई समितिका संस्थापक अध्यक्ष धमेन्द्र कुमार सोनी, प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंह, सशस्त्र प्रहरी निरीक्षक बिपिन दसरा,सदभाव समितिका दिपक लोध लगायतले सम्मान पत्र,मायाको चिनो सहित प्रदान गरी सम्मान गर्नु भएको थियो । कार्यक्रममा समितिका सचिव नान्हू लखेर स्वागत मन्तब्य ब्यक्त गर्दै लाठी एउटा कला पनि हो यसलाई अगाडी बढ्नलाई सबैको सहयोग जरुरी रहेकोले सहयोग गर्नका लागी अनुरोध गर्दछु ।
लाठी एउटा सहयोगीको भूमिका निभाउँछ, अत्याधुनिक हतियार प्रयोग हुनु भन्दा पूर्व लाठी नै हो, लाठीको महिमा अपार रहेको छ , लाठी अनुसाशन, आफनो रक्षाको निम्त्ति, शारिरीक स्फुर्तिका लागी, यो खेल परम्परा खेल पनि हो विभिन्न वक्ताहरुले आफनो विचारमा ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा विभिन्न खेलका खेलाडी, प्रशिक्षक, समितिलाई सहयोग गर्ने संघ संस्था लगायतलाई पनि सम्मान गरिएको थियो । समितिका अध्यक्ष राज कुमार बैश्यको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशिक्षक राज कुमार आर्य, र समितिलाई सहयोग गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्तित्वहरुको पनि सहयोग रहेको थियो भने समितिका सदस्य रामजी पाठकले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट