२० फाल्गुन २०८०, आईतवार

पाेखरीमा डुवेर एक बालिकाको मृत्यु

कपिलवस्तु
असोज २५ ।
पोखरीमा डुबेर कपिलवस्तुमा एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नंंंं ६ उज्जवलपुर निवासी ब्रम्हानन्द कोरीको ११ वर्षीय छोरी लक्ष्मीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

उज्जवलपुर गाउँ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको बेला डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । दुई जना साथी भएर कलम टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर स्थानियहरुले एक बालिकालाई उद्धार गरेका प्रहरीले जनाएको छ । ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट