स्वराेजगार बढाउन मिर्जाकाे संकल्प

सेयर गर्नुहोस


कृष्णनगर ,असाेज २५ । ईम्बार्क एन्टरनेसनल कम्पनीका मालिक अरसद मिर्जाले स्वाराेजगार बढाउनका लागि नै कृष्णनगरमा कम्पनी स्थापित गरिएकाे बताउनुभयाे ।
उद्योग वाणिज्य संघ कृष्णनगरकाे हालमा ईम्बार्क ईन्टरनेसनल कम्पनीद्वारा अायाेजित एकदिने ‘ क्यारियर डेभलपमेन्ट तथा जब सटिफेक्सन ‘ तालिमकाे समापनमा बाेल्दै मिर्जा अरसद वेगले कृष्णनगर र वरपरका युवाहरुलाई स्थानिय उद्योग तथा कलकारखानाहरुमा राेजगार उपलब्ध गराए अार्थिक अवस्थामा सुधार हुनेमा म ढुक्क रहेकाे वेगले बताउनुभयाे । मेेेेराे भाइ मिर्जा रासिदले कम्पनी स्थापनाकाे मूल उद्देश्य नै स्थानिय युवायुवती तथा वेराेजगारलाई स्वावलम्बी बनाई शिक्षित र समृद्ध समाजकाे निमार्ण गर्नु नै रहेकाे वेगले थप्नुभयाे । कार्यक्रममा देशमा वेराेजगारीकाे अवस्था तथा दक्षजनशक्तिकाे सदुपयाेग सम्बन्धमा कांग्रेस पार्टीका अकिल मियां , नेकपाका सेराज फारुकी, दिनेश गुप्ता समाजवादी पार्टीका अकरम पठान लगायतका नेताहरुले अा-अाफ्ना वक्तव्य राखेका थिए ।

Facebook Comments Box