२० फाल्गुन २०८०, आईतवार

चिनियाँ सरकारले लुकाएको नागरिकका पीडा

 

जिरो कोभिड नीतिले रन्थनिएको चिनियाँ समाजका धेरै दुखद कथाहरू अहिले छरपस्ट हुँदै छन्। कोभिडको मारबाट बच्न पनि नसकिने तथा अन्य क्षति पनि व्यहोर्ने दुवै विषयको समस्यामा अहिले चिनियाँ परेका छन्। ‘यो जीवन भरको दुःखको विषय हो। यसलाई सहन पनि धेरै कठिन भएको छ,’ याङ मिनले भनेकी छिन्।

उनकी एक मात्र छोरीले जीवन गुमाएको पनि तीन वर्ष भएको छ। उनकी छोरी युजी स्तन क्यान्सरबाट पीडित थिइन्। उनी सन् २०२० को जनवरीमा अस्पताल भर्ना भएकी थिइन्। त्यो समयमा उहान प्रान्त कोरोना भाइरस भर्खर पत्ता लागेको थियो।

उहान त्यही प्रान्त हो, जहाँ कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि पहिलो पटक लकडाउन गरिएको थियो। २३ जनवरीका दिन उहानमा लकडाउन भएको थियो। त्यस समयमा त्यहाँ सबै आत्तिएका थिए। होस हवास नै उडेको थियो। चीनको त्यो प्रयास र लकडाउनका बाबजुद केही दिनमै कोरोना भाइरसले संसारलाई आक्रान्त पारेको थियो।
७६ दिन त्यो सहर लकडाउन भएपछि जिरो कोभिड नीति देशभर नै अपनाइएको थियो। अहिले चीन यो नीतिबाट बाहिर निस्किएर चलायमान भएको छ। तर, मीनकी छोरी भने फेरि नफर्किने गरी संसारदबाट बिदा भएकी छन्।

मिनले आफ्नी छोरीले न्याय नपाएसम्म सङ्घर्ष जारी राख्ने बताएकी छन्। उनको विचारमा सरकारले भाइरस सङ्क्रमणको सुरुवाती दिनमा नै आफ्नी छोरीलाई नअत्त्याएको भए सायद मर्ने थिइनन्।

२०२० को सुरुवातमा युजी अस्पताल जाँदा नयाँ लुनार वर्षको उत्सव चलिरहेको थियो। सडकमा पारिवारिक भेटघाट, जमघट र मानिसको बाक्लो उपस्थिति देखिने गरेको थियो। सडक नै रङ्गीचङ्गी र उत्साह जगाउने किसिमको वातावरण थियो। युजीको बिमारका कारण त्यस परिवारलाई पनि कुनै महोत्सव मनाउने उत्साहमा कमी ल्याएको थिएन। किनकी उनीहरू चाँडो निको हुनेमा विश्वस्त थिए।

मीनलाई भने सहरमा नयाँ भाइरस सङ्क्रमण फैलिई सकेको कुरा नै थाहा थिएन। उनी समाचार सुन्नमा पनि त्यत्ति सारो ध्यान दिँदैन थिइन्। उहानको सिफोर्ड मार्केटको अस्पतालमा २०१९ को डिसेम्बरमा नयाँ खालको रोग देखिएर यसले त्यहाँको स्वास्थ्य निकायमा चासो थपिइसकेको थियो। त्यस समयमा अधिकारीले सो रोग मान्छेबाट मान्छेमा सर्ने कुरा प्रमाणित गर्न सकेका थिएनन्।

१९ जनवरीमा युजीलाई ज्वरो आएको थियो। उहानमा दुई सय नयाँ केस देखिएको थियो। २३ जनवरीका दिन ११ मिलियन जनसङ्ख्या भएको त्यस सहरमा लकडाउन गरिएको थियो।

मीनलाई छोरीको ज्वरो नघटेमा बाच्न नसक्ने भन्दै चिकित्सकले भने पछि उनी छाँगाबाट खसे जस्तो भइन्। त्यसको भोलि पल्ट नै युजीको कफ आउन थालेको थियो। धेरै कमजोर देखिएकी उनले वान्त गर्न पनि थालिन्। उनको उपचारमा रात दिन खटिने आमा मीन पनि भाइरसले सङ्क्रमित भइन्। ६ फेब्रुअरीको दिन पाँच दिन आइसियुमा बिताएकी युजीले यो संसार छाडेर गइन्। त्यसै अस्पतालको आइसोलेसन वार्डमा रहेकी आमा मीनलाई यस कुराको दुई सातासम्म जानकारी दिइएन।

मुरोङ ज्युछेनले त्यस समयको मुर्दा शान्ति रहेको उहानका धेरै कथालाई सङ्ग्रह गरिरहेका छन्। उनैसँग मिनले आफ्नो गुनासो राखेकी छिन्। उनले आफ्नो सारा कथा पनि उनैलाई सुनाइन्। आमा मीन अहिले पनि कसैसँग कुरा गर्दा छोरीलाई सम्झेर रुने गरेकी छिन्। “उसमा विशेष कुरा केही थिएन। तर उनी मेरी छोरी हुन्। यस कारण मैले उनलाई बारम्बार सम्झी रहने छु। उनको यादले मलाई सताइ नै रहने छ।”

मिनले भनिन्, “उनी पनि अन्य बच्चा जस्तै थिइन्। कहिले कहीँ चकचक गर्ने। भनेको नटेर्ने र जिद्दीवाल। यी सबै बाल स्वभावसँगै उनी हुर्किएकी हुन्।” मीनलाई त्यस समयमा भाइरस कसरी प्रवेश गरेको थियो भन्ने याद नै छैन। सायद डाक्टर या नर्स कोही कतै चुकेको हुनुपर्छ।

उहानमा समुदाय स्वास्थ्यमा काम गर्ने एक व्यक्ति छन्। उनको नाम चेन राखिएको छ। आफ्नो वास्तविक नाम बताउन डराएर चेन राखेका हुन्। एक दशक भन्दा बढी समय त्यस क्षेत्रमा काम गरिरहेका उनले आफ्ना अन्य साथीबाट यो भाइरसको बारेमा सुनेका हुन्। ३४ वर्षीय डा. वेनलीयांगको भाइरसको कारण निधन भएको हो। त्यस समुदायका धेरैले उनलाई सुरुवाती दिनमा अनावश्यक हल्ला फिँजाएको आरोपमा गाली गरेका थिए।

चेनलाई त्यो समयको अझ सम्झना छ। उनलाई त्यो कोरोना भाइरस भएको राम्रोसँग थाहा थियो। उनी यस कारण आत्तिएका थिएकी उनलाई सङ्क्रमण भएमा के गर्ने भन्ने नै थिएन। साथै सङ्क्रमण रोक्न अपनाउनु पर्ने सतर्कताको बारे पनि उनलाई धेरै थाहा थिएन।

उहानपछि बेइजिङमा पनि लकडाउन भएको थियो। यसलाई चीनले आफ्नो सफलता भनेर प्रचार गरे पनि त्यहाँ भित्रको दुखका धेरै कथा छन्। जुन कथा अहिले बाहिर आउन थालेका छन्। २० वर्ष भर्खर पार गरेका प्राविधिक लुइस त्यस रोगको सङ्क्रमण ओरालो लाग्न सुरु नभएसम्म डराएको बताउँछन्। उनले अस्पतालमा लास जम्मा भएको भिडियो आफूले देखेको बताउँदै यस संसारमा आफ्नो पनि दिन सकिएको महसुस गरेका थिए।

अप्रिल महिनामा त्यहाँ सङ्क्रमण ओरालो लागेको थियो। तर, यसबीचमा त्यहाँको अवस्था चिनियाँ सरकारले बाहिर प्रचार गरे भन्दा धेरै फरक र भयावह भइसकेको थियो। सरकारले प्रस्तुत गरेको मृत्युको तथ्याङ्कमा त धेरैलाई शङ्का छ। सरकारको नीति धेरै स्थानमा असफल समेत भएको थियो। कोरोनाको कडाइ गर्नका खातिर अन्य रोगको सही उपचार गर्न नसकेर धेरै जनाले ज्यान गुमाएका थिए। कतिपय नागरिकको मतमा त राज्य नै आम समुदायलाई आतङ्कित गराउन लागि परेको थियो।

त्यहाँ सेता फुलहरू र अन्त्येष्टिको दृश्य जताततै देखिएको थियो। सुरुवाती दिनमा त धेरैलाई भाइरसको बारेमा थाहा पनि दिइएको थिएन। मानिस भकाभक मर्न थालेका थिए।

चीन फेरि खुला भएपछि मिनले तीन वर्ष अगाडिको त्यसै डर सम्झिएकी छिन्। खुला भएको चीनमा कोरोना भाइरसले गाँजेको छ । भ्याक्सिन मार्फत संसारको अर्थतन्त्रमा प्रभाव जमाउने दाबी गर्ने चीन आफ्नै नागरिकको जीवन रक्षा गर्न असमर्थ भएको छ। मीनकी ८० वर्षीय सासू यो लहरमा सङ्क्रमित भइन्। यस कारण उनलाई सासूको पनि त्यत्तिकै माया लागेर आउन थालेको छ। मनमा डर पनि त्यत्तिकै थियो।

उनी सासूको स्याहारमा तल्लीन थिइन्। हरके समय सासूको शरीरमा रहेको अक्सिजनको मात्रा नापी रहेकी थिइन्। उनलाई गुनासो यस कारण पनि छ कि तीन वर्षअघि छोरी बिरामी हुँदा उनले केही पनि गर्न सकेकी थिइनन्। नयाँ वर्ष भन्दा ठ्याक्क अगाडि सासूलाई ठिक भयो।

उनलाई अझै के लाग्छ भने तीन वर्षअघि छोरीको स्याहार यसै गरी गर्न पाएको भए, सायद ठिक हुन सक्ने थिइन्। यस पटक पनि मीन आफू पनि सङ्क्रमित नभएकी होइनन्। तर उनलाई यस पटक आफ्नो बारेमा कुनै डर नै लागेन। सासूको मात्र चिन्ता लागेको थियो।

चीनमा सरकारले गरेको गलत कुराको विरोध गर्न सम्भव छैन। तर, कोरोना भाइरसको उदयले संसारलाई त तहसनहस बनायो नै, चिनिया नागरिकलाई छाडेन। त्यस भित्रका धेरै दुःख र पीडाका विषय अझै ताजा छन्। चिनियाँ सरकारले लुकाएका नागरिकका पीडा सायद विस्तारै बाहिर आउने छन्।
स्रोतः बीबीसी

धेरै कमेन्ट गरिएका

ताजा उपडेट